नेपालमा मनाइने जुनसुकै पर्व पनि जात-जाति र मानवसँग आधारित पर्व छन् । तराईमा बस्ने हिन्दुहरूको महान् चाडको रूपमा लिइने छठ पर्वको पनि आफ्नै ऐतिहासिक र सांस्कृतिक महत्व रहेको छ । यसरी छठ पर्व पनि खास गरी तराईवासीमा मैथिली, भोजपुरी र अवधि भाषाभाषीहरूले मनाउँदै आएको महत्वपूर्ण सांस्कृति पर्व हो । यो प्रत्येक वर्ष कात्तिक शुक्लषष्ठीका दिन मनाइने छठ पर्व हो । यो पर्वमा सूर्यको पूजा, उपासना गर्नुका साथै स्वादिष्ट परिकार विशेषगरी ठेकुवा, भुस्वा कसार आदि पारिवारिक र आफन्तजन एकै ठाउँमा बसेर खाने गरिन्छ ।
यस पर्वको पहिलो दिन कात्तिक शुक्ल चतुर्थीका दिनलाई ‘अरबा-अरबाइन’ वा नहान खान भन्ने गरिएको छ । व्रतीले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुरजस्ता वस्तु परित्याग गरी यस दिनदेखि व्रत वस्न थाल्छन् । त्यसपछि दोस्रो दिन पञ्चमी तिथिलाई ‘खरना’ भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरुवा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीहरू यस दिन दिनभरि निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस गरेर सोही प्रसाद ग्रहण गर्छन् । यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ ।
हिन्दू धर्ममा छठपर्व कात्तिक र चैत महिना गरी वर्षको दुईपल्ट मनाइने भए तापनि कात्तिक शुक्ल पक्षमा भने विशेष र बृहत् रूपमा सूर्यनारायणको पूजा गरिन्छ । अस्ताचलमा पुगेका सूर्यको आराधना र उदीयमान सूर्यको पूजा आजा गरिने यो पर्व लक्ष्मीपूजाको छैटौ दिनमा पर्दछ ।
त्यसै गरी षष्ठीका दिन गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान-पिसान गरी सोबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । यसरी पर्वको अन्तिम दिन सप्तमीका दिनलाई पार्वण भनिन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्ने पुनः जलाशयमा पुगी अधिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातःकालीन सूर्यलाई अघ्र्य दिन्छन् । अघ्र्य सम्पन्न भएपछि सूर्यपुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन् । त्यसपछि छठपर्व सम्पन्न हुन्छ । यो सूर्यको व्रत बस्ने वा उपसना गर्ने पर्व हो । यसमध्ये छठपर्व पनि एक हो ।
हिन्दु धर्ममा छठपर्व कात्तिक र चैत महिना गरी वर्षको दुईपल्ट मनाइने भए तापनि कात्तिक शुक्ल पक्षमा भने विशेष र बृहत् रूपमा सूर्यनारायणको पूजा गरिन्छ । अस्ताचलमा पुगेका सूर्यको आराधना र उदीयमान सूर्यको पूजा आजा गरिने यो पर्व लक्ष्मीपूजाको छैटौं दिनमा पर्दछ । यो पर्वमा भगवानलाई अर्पण गर्न बनाइएका खाद्य परिकार चोखो हुनुपर्ने, जुठो पर्न भए अनिष्ट हुने र कुष्ठरोगको शिकार हुनुपर्ने धार्मिक विश्वास रहेको छ । पूजा सकिएपछि व्रतालुले यिनै प्रसादको रूपमा आफूले खाने र ब्रत नबस्ने घरका सदस्यलाई पनि खुवाउने चलन छ ।
सयौं वर्षअधिदेखि यो पर्व खास गरी तराई भागमा बसोवास गर्ने हिन्दूहरूले मान्दै आएका छन् । यो पर्व कहिलेदेखि मनाइएको हो भन्ने चाहिँ ऐतिहासिक लेखोट हालसम्म पनि कतै प्राप्त हुन सकेको छैन । हाल यो पर्व के तराई, के पहाड, के काठमाडौं उपत्यका सबै ठाउँमा मनाउन लागेकोे पाइन्छ । केही वर्षअघिसम्म काठमाडौं बासीहरूलाई छठ पर्वका सम्बन्धमा केही थाहा थिएन । ९-१० वर्षयता यो यहाँका बासिन्दाका लागि मनचिन्ते पर्वका रूपमा परिचित हुँदै आएको छ । खास गरी यस व्रतप्रति रुचि राख्ने महिला तथा पुरुषवर्ग, साना-साना बालबालिकाले पनि छठको व्रत बसी पूजाआजा गर्न मन पराउनेको संख्यामा वृद्धि भएको पाइन्छ ।
यहाँ खासगरी थापाथलीको बागमतीको किनार र पशुपतिनाथको बागमतीको किनारमा व्रत बस्ने व्रतालुको संख्या बढ्दै गएको देखिन्छ । यस पर्वमा सबै उमेरका महिलाहरू सक्रिय रहने छठ पर्वमा कात्तिक शुक्लषष्ठीका दिन अस्ताउँदो सूर्यलाई पूजा गर्ने र रातभर जाग्राम बसी भजनकीर्तन गरी पुनः बिहान उदाउँदो सूर्यलाई पूजा गरिन्छ । देवीभागवत अनुसार षष्ठीको व्रत र पूजापाठ गर्ने व्यक्तिलाई मनोकामना पूरा हुन्छ । भनिन्छ यो व्रत बसेमा छठीमाईको व्रत र पूजा आराधना गरे धन, पुत्र, पति वा मनले चिताएको वर प्राप्ति र छालासम्बन्धी तथा कुष्ठ रोगहरूबाट मुक्ति पाइने लोकोक्ति जनमानसमा रहेको छ ।
अन्तिम दिन बिहानै उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्याई प्रातकालीन सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरिन्छ । अघ्र्य सम्पन्न भएपछि सूर्यपुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन् ।
त्यसैगरी पौराणिक कथाअनुसार महाभारत पर्वको कथाअनुसार पाँच पाण्डव, गान्धार राजा शकुनी जुवा खेल्दा पाँच पाण्डव जुवामा सर्वस्व सम्पत्ति र दरबारसमेत हारेपछि वनवास जानुपरेको र पाण्डवपत्नी द्रौपदीले एक सय आठ पटक सूर्यको मन्त्र जप गरी षष्ठीको दिन छठ पर्वको व्रत बसेका कारण व्रतको प्रभावले आफ्नो सम्पूर्ण पाप र दशाग्रह शान्त भई पुनः पाण्डवहरूले राजकाज सम्हाल्न पाएको कुरा उल्लेख छ । सूर्यपुराणमा वर्णन भएनुसार अत्रि मुनिकी पत्नी अनसुयाले कात्तिक शुक्ल षष्ठीको व्रत गरेपछि छठ पर्वको शुभारम्भ भएको हो भने अर्कोतिर द्वापरयुगमा पाण्डपकी आमा कुन्तीले आफ्ना गुरुबाट पाएको मन्त्रको परीक्षण गर्न सूर्यको उपासना गर्दा प्रसन्न भएका सूर्य स्वयं उपस्थित भई आफूजस्तै तेजस्वी पुत्र कर्ण दिएर उनको मनोकामना पूर्ण गरिदिएका थिए । त्यसैबेलादेखि नै छठ पर्वको परम्परा चल्दै आएको मान्यता छ ।
सत्ययुगमा अत्रि ऋषिकी पत्नी अनुसूयाबाट पनि षष्ठिका माताको पूजा उपासना भएको पौराणिक मान्यता छ भने चन्द्रमाको जन्म उनै अत्रि अनुसुयाको गर्भबाट भएको हो । संसारमा केही कुरा सत्य छ भने सूर्य, चन्द्र, धर्ती, आकाश भनौं ब्रहृमाण्ड नै हो । त्यसैले आद्य गुरु शंकराचार्यको कथन छ ब्रहृम सत्यं जगत् मित्थ्या । सूर्यदेव खुशी भई पाण्डवहरूलाई शक्ति सञ्चयको आशीर्वाद प्राप्त भएको थियो । सृष्टिकर्ता ब्रहृमा, पालनकर्ता विष्णु र संहारकर्ता शिवको संयुक्त रूप भनेको सूर्य नै हो । सम्पूर्ण प्राणीमात्रको आत्माको रूपमा रहेको सूर्यले प्राणीहरूलाई ताप शक्ति दिन्छ । न्यानोपना नभए प्राणीको जीवन जीवन्त हुन सक्तैन । शीतलताको कारक, मानिसको मनको ऊर्जास्रोत भनेको चन्द्रमा हो ।
सूर्यले दिनमा महत्व दर्शाएझैँ चन्द्रमाले रातमा आफ्नो मनमोहक उपस्थिति दर्शाएको हुन्छ । दिन र रात, सुख र दुःख मानव जीवनको पर्याय नै हुन् । समग्रमा भन्नुपर्दा हिन्दूहरूको महान् चाड लगत्तै तराईका विभिन्न स्थानमा महत्वपूर्ण पर्व छठको तयारी धूमधामका साथ भइरहेको छ । हाम्रो देशको तराई भूभागको विभिन्न शहरमा विद्यमान पोखरी, सागर, नदी, ताल, तलाउ आदिमा पनि छठपर्वलाई आकर्षक र झकिझकाउ बनाउन सबैतिर प्रकाशको व्यवस्था गरिएको छ । राति घाटमा व्रतालु र सर्वसाधारणलाई बसाउन धार्मिक र सांस्कृतिक कार्यक्रमको आयोजनासमेत गर्ने गरिन्छ । यो ब्रतमा पशुबधबाट पूर्णरूपमा पृथक रहेको हुन्छ । विशेषगरी शुक्लपक्षमा मनाउन यो पर्व चार दिनसम्म मनाइन्छ ।
यसरी अन्तिम दिन बिहानै उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्याइ प्रातकालीन सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरिन्छ । अघ्र्य सम्पन्न भएपछि सूर्यपुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन् । यस पर्वमा यथासम्भव टुप्पोमा पात भएको चारवटा उखु गाडेर त्यसभित्र पूजा गर्ने चलन पनि रहेको छ । प्रातः कालीन अघ्र्यमा दीपमालाले सजिएका जलाशयमा अपूर्वको अनुभूति हुन्छ । यस वर्षको छठ पर्व मंसिर ३ गते आइतबार परेको छ । यो व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रहेको पाइन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच