हुम्लामा हालसम्मकै सर्वाधिक राशिको गोल्डकप हुने

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । हुम्लामा पहिलो पटक हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कारको गोल्डकपको आयोजना गरिएको छ ।

हुम्ला फुटबल एकेडेमीले आयोजना गरेको जिल्ला स्तरीय फुटबल प्रतियोगीतामा विजेता हुने टिमलाई रु दुई लाख एक सय एघार रुपैयाँ पुरस्कार रहेको छ । हालसम्मकै सर्वाधिक पुरस्कार राशिको उक्त प्रतियोगिता सञ्चालन मङ्सिर ४ गतेबाट हुने भएको हुम्ला फुटबल एकेडेमीका जिल्ला अध्यक्ष विष्णु बहादुर रावतले बताउनुभयो । गोल्ड कप विजेता टिमले दुई लाख १ सय ११ रुपैयाँ पुरुस्कार, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले एक लाख १ सय ११ रुपैयाँ नगद प्राप्त गर्ने भएको अध्यक्ष रावतले बताउनुभयो ।

मङ्सिर १ गतेदेखि मङ्सिर ३ गते साँझ ४ बजेसम्म टिम दर्ताको समय रहेको उहाँले बताउनुभयो । मङ्सिर २ गतेबाट सञ्चालन हुने भनिएको भएपनि विभित कारणले ४ गतेबाट सुरु हुने भएको छ । आयोजक हुम्ला फुटबल एकेडेमीका अध्यक्ष रावतले भन्नुभयो, “खेल मैदानको केही मर्मत गर्नुपर्ने भएपछि दुई अघि हुने भनिएको भएपनि मङ्सिर ४ गतेबाट सञ्चालन गर्ने गरी मिति सारिएको छ ।” खेल मैदानमा खाल्डाखुल्डी भएको र त्यसलाई मिलाउनुपर्नेका साथै प्रतियोगितामा सहभागिता जनाउने क्लबहरूले पनि केही तयारी गर्न बाँकी रहेका कारण खेलको मिति सरेर ४ गतेबाट हुने अध्यक्ष रावतले बताउनुभयो । हालसम्म १३ वटा क्लबले प्रतियोगितामा भाग लिन टिम दर्ता गराएका छन् ।

प्रतियोगिताबाट सर्वोत्कृष्ट खेलाडी गोलकिपर, डिफेण्डर, सर्वाधिक गोलकर्ता, उदियमान खेलाडी र अनुशासित टिमलाई पुरस्कारको व्यवस्था गरिएको छ भने प्रत्येक प्रतिगोगितामा म्यान अफ द म्याचको व्यवस्था पनि गरिएको छ । यो प्रतियोगिता सञ्चालन गर्न २० लाख लागत लाग्ने अनुमान आयोजकले गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?