पोखरा । पोखरामा एन्ड्युरो अन्तर्राष्ट्रिय माउण्टेन बाइक प्रतियोगिता हुने भएको छ । माउण्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा मंसिर ७ देखि पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा-विजय डाँडामा प्रतियोगिता हुन लागेको हो ।
तीन दिनसम्म हुने प्रतियोगितामा विभिन्न ११ देशका खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माका अनुसार नेपालसहित ११ देशका ५५ जना प्रतिस्पर्धीले सहभागिता जनाउनेछन् । ‘८८ जनाले सुरुवाती दर्ता गरे पनि ५५ जनाले प्रतिस्पर्धा गर्नेछन् । अर्को ठाउँमा प्रतियोगिताको मिति जुधेका कारण केही खेलाडीले सुरुवाती दर्ता गरे पनि सहभागी हुन नसकेका हुन्,’ उहाँले भन्नुभयो ।
प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२-१८ वर्ष), मास्टर्स ‘क’ (३०-३९ वर्ष), मास्टर्स ‘ख’ (४०-४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ–बाइक गरी सात विधामा प्रतिस्पर्धा हुनेछ ।
खेलकुद र पर्यटनलाई टेवा पु¥याउनका लागि प्रतियोगिता आयोजना गरिएको डन टिल डस्कका प्रबन्ध निर्देशक छिमी उर्गेन गुरुङले जनाउनुभयो । सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाउन ५० लाख रुपैयाँ लगानी भइसकेको र प्रतियोगिता सञ्चालन हुने समयसम्म थप २० लाख लगानी लाग्ने गुरुङको भनाइ छ ।
तीन दिन हुने प्रतियोगितामा मंसिर ७ र ८ गते अभ्यास खेल हुनेछ भने ९ गते प्रतियोगिता हुनेछ । प्रतियोगिता समुन्द्री सतहबाट १३ सय ६० मिटर उचाइमा रहेको आर्वा-विजय डाँडामा हुनेछ । सो एन्ड्युरो प्रतियोगिताले आगामी दिनहरूमा विश्वभर ठूलो संख्यामा माउण्टेन बाइकिङ प्रेमी आकर्षित भई नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच