काठमाडौं । नेपाल र चिनियाँ लगानीको हिमालय एयरलाइन्सले काठमाडौं-संघाइ-काठमाडौं उडान सुरु गर्ने भएको छ । हिमालय एयरलाइन्सका अनुसार डिसेम्बर २ देखि नियमित उडान सुरु हुनेछ । एयरलाइन्सले काठमाडौं-संघाइ उडान नेपाल र चीनबीच कनेक्टिभिटी बढाउन सहयोग पुग्ने जनाएको छ ।
हिमालयले सुरुमा हप्ताको एक उडान गर्ने र डिसेम्बर २७ पछि हप्ताको दुई उडान गर्नेछ । हरेक बुधबार र शनिबार उडान हुने बताइएको छ ।
कम्पनीले हाल बेइजिङ र क्विङडाओमा नियमित उडान गरिरहेको छ । जनसंख्याको हिसाबले चीनको राजधानी बेइजिङभन्दा ठूलो शहर संघाइ हो । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार डिसेम्बर अन्तिमबाट चोङक्विङसहित चारवटा गन्तव्यमा नियमित उडान हुनेछन् । हिमालय एयरलाइन्सले संघाइ-काठमाडौंमा मुख्यतः चिनियाँ पर्यटक हुने विश्वास गरेको छ । कोरोनाकालदेखि चीनबाट पर्यटक आगमन घटेकोमा क्रमिकरूपमा बढ्न थालेको छ ।
अमेरिकाको न्युयोर्कपछि चीनको संघाइ विश्वकै ठूलो आर्थिक केन्द्र मानिन्छ । संघाइमा विश्वका ठूलठूला कम्पनीका कार्यालय रहेका छन् । हिमालय एयरलाइन्सको संघाइ उडानले नेपाललाई विश्वको दोस्रो ठूलो आर्थिक केन्द्रसँग सिधै जोड्ने भएकाले नेपालले आर्थिक तथा व्यावसायिक लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच