काठमाडौं । आज देशभर हरिबोधनी एकादशी पर्व मनाइँदै छ । हरिबोधिनी एकादशीलाई बोलिचालीका भाषामा ठूलो एकादशी पनि भनिने गरेको छ । एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ ।
चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आ–आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ । आजको दिन सखरखण्ड, पिंडालु आदि कन्दमूल र फलफूल प्रसादको रुपमा खाने गरिन्छ ।
हरिबोधनी एकादशीको दिन काठमाडौं उपत्यकाका चार नारायण (चाँगुनारायण, इचंगु नारायण, विशंखुनारायण र शेषनारायणलगायत देशभरका विष्णु मन्दिरहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । काठमाडौंका पशुपतिनाथ र बुढानीलकण्ठ मन्दिरमा पनि आज भक्तजनको घुइँचो छ ।
उपत्यका बाहिर देवघाट, रिडी लगायतका क्षेत्रमा पनि एकादशीको मेला लागेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच