काठमाडौं । ग्लोबल आइएमई बैंक बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक बनेको छ । बैंकले आर्थिक वर्ष २०७८/०७९ मा तीन अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो ।
आन्तरिक राजस्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको हो । कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मानपत्र प्रदान गर्नुभएको छ ।
ग्लोबल आइएमई बैंक विभिन्न सूचकमा नेपालको सबैभन्दा ठूलो बैंकका रूपमा स्थापित छ । हाल बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । आफ्नो व्यवसायको गुणात्मक वृद्धिका लागि लक्ष्य २०२५ अनुशरण गर्दै आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच