काठमाडौं । गरिमा विकास बैंक मंसिर ७ गते स्थापनाकालको १६औँ वर्ष पूरा गरी १७औँ वर्षमा प्रवेश गरेको छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले नेपालका विभिन्न शहरी तथा ग्रामीण जिल्लामा एक सय २३ शाखा र ५१ एटिएममार्फत् सुरक्षित एवं गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । हाल प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले ८० अर्ब निक्षेप संकलन गरेको छ भने करिब ६८ अर्ब कर्जा लगानी रहेको छ ।
करिब आठ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको विकास बैंकले वार्षिकोत्सवका अवसरमा काठमाडौंको पुतलीसडकमा एक सय २३औँ शाखा विस्तार गरेको छ भने देशैभर एकै दिन १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरेको छ ।
बैंकले रक्तदान कार्यक्रम, ज्येष्ठ नागरिक आश्रमलाई न्यानो कपडा वितरण, बिर्तामोड नगरपालिका, चितवनमा डस्टबिन वितरण, सर्लाहीमा विद्यार्थीका लागि स्कुल ब्याग वितरण, बुढानीलकण्ठ मन्दिरलाई कुर्सीलगायत हस्तान्तरण गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच