काठमाडौं । गोल्छा ग्रुपले काठमाडौंको नारायणचौरमा बाइकर्स क्याफे सञ्चालनमा ल्याएको छ । बाइक प्रदर्शनी, रेसिङ गेयर्ससहित सञ्चालनमा ल्याइएको क्याफेमा बाइकसम्बन्धी एडभेन्चरसमेत समेटिएका छन् ।
क्याफेमा कतिपय टेबलमा मोटरसाइकलको इन्जिन प्रयोग गरी ग्राहकको ध्यान आकर्षक गर्न खोजिएको छ भने क्याफेमा हिमालयन जाभाको नयाँ शाखा समावेश गरिएको छ । गोल्छा ग्रुपका डाइरेक्टर अभिमन्यु गोल्छाले भन्नुभयो, ‘हामीले नयाँ कन्सेप्टमा क्याफे सञ्चालनमा ल्याएका छौँ ।
बाइक सेल्स र सर्भिस दिँदा हामीले ग्राहकलाई केही नयाँपन होस् भनेर यस्तो सेवा सुरु गरेका हौं ।’ क्याफेमा एकैपटक एक सयभन्दा बढी अटाउन सक्ने क्षमता रहेको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच