महिलाहरुलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा आरक्षणको व्यवस्था गर्नुपर्छ : उपसभामुख राना

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । उपसभामुख इन्दिरा रानालेले महिलाहरुलाई प्रत्यक्ष निर्वाचनमा लड्नका लागि आरक्षणको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार ललितपुरमा आयोजित ‘महिला तथा बालिका बिरुद्ध हुने हिंसा रोक्न लगानी गरौँ’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले महिलाहरुलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा आरक्षणको व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । उहाँले महिला–महिलाहरुको विचमा प्रतिस्पर्धा गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरुलाई निर्वाचनमा लड्नका लागि बजेट नै छुट्याउनुपर्ने पनि बताउनु भयो । उहाँले महिला सांसदहरु धेरै समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका बताउँदै समानुपातिक सांसदहरुलाई होच्याउने काम भएको बताउनु भयो । उहाँले महिलाहरुलाई राजनीतिको निर्णायक ठाउँमा पु-याउनुपर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘धेरैजसो महिला सांसदहरु समानुपातिकबाट आएका छौँ । ३३ प्रतिशत आरक्षण प्रणालीबाट आएका छौँ । मलाई लाग्छ हामी निर्णायक भुमिकामा छैनौँ । हामीमा पहुँच छैन । त्यसले गर्दा कति कुराहरु चाहेर पनि हामीले ह्वीपमा एस्, एस् भन्नुपर्छ । कति चित्त नबुझेको कुरामा पनि । महिलाहरु निर्णायक भुमिकामा आउनुपर्छ । पहुँचमा आउनुपर्छ र त्यसमा हामीले बढी लगानी गर्नुपर्छ । महिला माननीयहरु प्रत्यक्षमा लड्ने ठाउँमा महिला–महिला लडाउने । अथवा महिलाहरुलाई सरकारले केही बजेटहरु छुट्टयाइदिने निर्वाचनमा भन्ने कुरामा जोड दिनुपर्छ । समानुपातिकमा तिमीलाई त बोलाएर आएको त हो नि । दिएर आएको त हो नि भनेर हामीलाई हिनताबोध दिने काम भइरहेको छ । हामी जुनसुकै पार्टीबाट आएपनि हाम्रो व्यक्तिगत स्वार्थ र पार्टीको स्वार्थभन्दा माथि उठेर, राष्ट्र र जनताको हितको लागि जुन पिछडिएका वर्गहरु, महिला, सिमान्तकृत वर्गहरु, अपांगता भएका साथीहरुको लागि आवाज उठाउनलाई हामीले त्यही वर्गबाट धेरै प्रतिनिधित्व हुनुपर्छ । र दह्रो गरी आउनुपर्छ । कोही कसैको विचरा भएर होइन ।’

उपसभामुख रानाले महिलाहरुलाई विश्वविद्यालय तहसम्म निःशुल्क पढ्ने व्यवस्था मिलाउनुपर्ने बताउनु भयो । बालिकाहरुले बीचमै विद्यालय छोड्ने दर बढिरहेको भन्दै उहाँले यसप्रति पनि ध्यान पु¥याउनुपर्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?