
काठमाडौं । महालक्ष्मी विकास बैंकले ललितपुर महानगरपालिका ५, महालक्ष्मीस्थान, महालक्ष्मी मन्दिरस्थित महालक्ष्मी स्वस्तिक बगंैचाको मर्मत कार्यका लागि महालक्ष्मीस्थान व्यवस्थापन समितिसँग सम्झौता गरेको छ ।
महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्घिका साथै मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीलाई स्वच्छ तथा शान्त वातावरणको अनुभूति प्राप्त गर्न मद्दत पुर्याउने उद्देश्यले बैंकले उक्त सम्झौता गरेको हो । बैंकले २०७७ सालमा बगैंचाको पुनर्निर्माण गर्नुका साथै निरन्तर मर्मत कार्य गर्दै आएको जनाएको छ ।
बैंकले इच्छुक दर्शनार्थीलाई मन्दिरमा डिजिटल दान/भेटी प्रदान गर्न सहजता पुर्याउने हेतुले क्युआर कोडसमेत व्यवस्था गरेको छ । महालक्ष्मीस्थान व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम ढुंगाना र बैंकको निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख वसन्त बक्सीले सम्झौतामा हस्ताक्षर गर्नुभएको बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच