मुगु एमालेको नेतृत्व लिन रावल र रोकाया मैदानमा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

-नृपेन्द्र बहादुर मल्ल

मुगु । एमाले मुगु जिल्ला कमिटिको नेतृत्व लिन दुई जना आकांक्षी मैदानमा देखिएका छन् ।

नेकपा एमाले कर्णाली प्रदेश समितिका निवर्तमान सदस्य द्वय डम्बर बहादुर रावल र पुर्ण बहादुर रोकाया एमाले मुगुको अध्यक्षका लागि मुख्य दावेदारका रुपमा देखिनु भएको हो ।

दुबै जना एमालेको संगठन निर्माण देखि विपक्षहरुसङ्गको विभिन्न चुनावमा योगदान गर्नु भएका मुगु जिल्ला एमालेका नेता हुनुहुन्छ ।

रोकाया २०७४ को स्थानिय निर्वाचनमा जिल्ला समन्वय समिति मुगुको प्रमुखमा निर्वाचित हुनु भएको थियो भने रावल स्थानिय तह निर्वाचन २०७९ मा छायानाथ रारा नगरपालिकाको नगर प्रमखका उम्मेवार भै पराजित हुनु भएको थियो ।

एमालेबाट एकीकृत समाजवादी छुट्टिदा र नेकपाबाट माओवादी अलग्गिदा जिल्लामा एमालेको संगठन बचाउन डम्बर रावलले नेतृत्व गर्नु भएको थियो ।

मुगु एमालेको गत ९ गते केन्द्रिय महासचिव शंकर पोख्ररेलको हातबाट आफ्नो नवौ जिल्ला अधिबेशनको उद्घाटन गरेको थियो । उद्घाटन भएको ६ दिन वितिसक्दा पनि जिल्ला कमिटिका लागि नेतृत्वसहित अन्य पदाधिकारिहरुको चयन हुन सकेको छैन ।

अध्यक्ष मण्डल गठन गरेर सहमतिको प्रयास गर्दा समय लागेको र निर्वाचन समिति गठन समेत भैसकेकाले लोकतान्त्रिक विधि, प्रक्रिया मै रहेर एमाले मुगुको नेतृत्वसहित जिल्ला कमिटी निर्वाचित हुने एमाले मुगुका सचिव डबल बहादुर रोकायाले बताउनु भयो ।

अध्यक्ष बाहेकका अन्य पदाधिकारि र सदस्यहरुको उम्मेदवारी दरखास्त लिएको र अध्यक्षमा सहमती गर्छौ दरखास्त नलिनु भनेर नेताहरुले भनेकाले सोही अनुसार गरेको निर्वाचन समितिका संयोजक जगत बहादुर रोकायाले बताउनु भयो । उहाले भन्नुभयो नेतृत्वहरुले जे भन्नुहुन्छ सोही अनुसार प्रकृया अघि बढ्नेछ ।

एमाले मुगुमा अहिले दुई धार स्पष्ट देखिएको छ । रावल पक्ष निर्वाचन गरेपनि सहमती गरेपनि छिट्टै प्रकृयामा जाउ भनिरहेको छ भने रोकाया पक्षले सहमतिको मात्र रटान गरेको स्रोतले जानकारी गरायो ।

स्रोतका अनुसार एमाले अध्यक्ष मन्डल नै अवैधानिक रुपमा गठन गरेको र निर्वाचन नगरी सिधै घोषणा गरेर एमालेमा हुकुमी शासनको विजारोपण गर्ने प्रपन्च रचिएको छ ।

लोकतान्त्रिक विधि र प्रकृयामा नगइ राजा महाराजाहरुले हुकुम दिए जस्तो गरि जिल्ला कमिटि गठन गरिए । समानन्तर कमिटीसम्म गठन गर्ने गरि तयारी एमाले मुगु भित्र भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?