‘जवान’भन्दा पनि ‘एनिमल’ को क्रेज बढ्यो, पहिलो दिन सबैभन्दा धेरै दर्शकले हेरे रणवीरको फिल्म

हिमालय टाइम्स
Read Time = 2 mins

‘सुपरस्टार’ रणबीर कपूरको जादुले थिएटरमा दर्शकको ठुलो भीड तानिरहेको छ । रणवीरको फिल्म ‘एनिमल’ शुक्रबारदेखि सिनेमाघरमा रिलिज भएको थियो र फिल्मले पहिलो शोदेखि नै दर्शकबाट निकै रुचाइएको पाइएको थियो । यो फिल्मका लागि धेरै स्थानहरू सप्ताहन्त चलचित्रको टिकट पहिले नै पूर्ण रुपमा बुक भइसकेका छन् ।

निर्देशक सन्दीप रेड्डी वांगाले रणबीरको विस्फोटक ग्याङ्स्टर अवतारलाई पर्दामा यसरी प्रस्तुत गरेका छन् कि दर्शक उनको लागि पागल बनेका छन् । ‘एनिमल’को क्रेज कति बलियो छ भन्ने प्रमाण फिल्मको ओपनिङ कलेक्शनबाटै पाइन्छ । रणवीरको फिल्मले यो वर्षको दोस्रो ठूलो ओपनिङ गरेको छ । ६३.८ करोडको साथ ‘एनिमल’ले ओपनिङ दर्ता गरेको छ जुन शाहरुख खानको ‘पठान’ र सन्नी देओलको ‘गदर २’ भन्दा बढी हो।

ओपनिङ कलेक्शनको मामिलामा ‘एनिमल’ले ठूला फिल्मलाई पछाडि छोडे पनि शाहरुखको ‘जवान’ अझै पनि रणवीरको फिल्मभन्दा अगाडि छ । पहिलो दिन ७५ करोडको ठूलो कलेक्सन गरेको ‘जवान’ यस वर्षको सबैभन्दा ठूलो ओपनिङ फिल्म हो । ‘जवान’को ओपनिङलाई ‘एनिमल’ले चुनौती दिन नसके पनि ‘जवान’ भन्दा यसका दर्शकहरु बढी थिए ।आजतकबाट

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?