काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा करिब साढे दुर्ई करोडको कारोबार भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अनुसार पाँचदिने मेलामा करिब साढे दुर्ई करोडको कारोबार भएको हो ।
ग्राहक लक्षित गरेर नेपाल, बंगलादेश र पाकिस्तानले मात्रै स्टल राखेकाले अपेक्षाअनुसारको कारोबार नभएको महासंघका सहायक निर्देशक परशुराम नेपालले बताउनुभयो । नेपालमा उत्पादित निर्यातयोग्य वस्तुको बजारीकरणका लागि मेला फलदायी रहेको महासंघको निष्कर्ष छ ।
मेलामा नेपाली हस्तकलाका सामग्री, बंगलादेशको कपडा र पाकिस्तानको लेदरब्याग, पर्स, जाकेटलगायतका सामग्रीमा आकर्षण देखिएको थियो । सभामुख देवराज घिमिरेले गत मंसिर १४ गते उद्घाटन गर्नुभएको मेलामा नेपाल, भारत, चीन, बंगलादेश, पाकिस्तानसहित करिब दुई सय स्टल रहेका थिए । उद्योग वाणिज्य महासंघको नेतृत्वमा हरेक वर्ष नेपालमा अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच