अन्तर्राष्ट्रिय बक्स अफिसमा ‘एनिमल’को दबदबा, हलिउड फिल्मलाई पछि पार्दै सबैभन्दा ठूलो फिल्म बन्यो

हिमालय टाइम्स
Read Time = 2 mins

भारतीय बक्स अफिसमा तरङ्ग मचाएको ‘एनिमल’को जादु अन्तर्राष्ट्रिय स्तरमा पुगेको छ । तीन दिनमा बक्स अफिसमा राम्रो कमाई गरेको रणवीर कपूरको फिल्मले हलिउडका फिल्मलाई पनि पछाडि छोडेको छ । डिसेम्बर १ देखि ३ सम्मको सप्ताहन्तमा ‘एनिमल’ अन्तर्राष्ट्रिय बक्स अफिसमा सबैभन्दा ठूलो फिल्म बनेको छ । र, रणवीर यस सप्ताहन्तको सबैभन्दा ठूलो ग्लोबल स्टार हुन्।

निर्देशक सन्दीप रेड्डी वांगाको फिल्म ‘एनिमल’ मा रणवीर कपुरले पहिलो पटक डरलाग्दो ग्याङ्गस्टरको भूमिका निभाएका छन् । उनको यो अवतार जनतामा यति धेरै लोकप्रिय बन्दै गएको छ कि भारतमा रिलिज हुनुअघि नै धेरै थिएटरमा फिल्मको वीकेण्ड शोहरू भरिएका थिए । आइतबारको अवस्था यस्तो थियो कि थिएटर जान योजना बनाएका मानिसहरूलाई टिकट पाउनै मुस्किल परेको थियो।

रणवीरको करियरको सबैभन्दा ठूलो ओपनिङ कलेक्सन ल्याएको ‘एनिमल’ ले ठूलो कमाई गर्दै भारतमा मात्र ३ दिनमा २०० करोडभन्दा बढी नेट कलेक्सन गरेको छ । यो फिल्मको सफलताले अहिले अन्तर्राष्ट्रिय बक्स अफिसमा पनि गुन्जिरहेको छ ।आजतकबाट

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?