सुप्रसिद्ध साहित्यकार कृष्ण धरावासीको तेइसौँ कृति गेस्टापो उपन्यास अन्तर्राष्ट्रिय विषय र परिवेशमा निर्माण भएको छ । यो उपन्यास जर्मनीको प्रसिद्ध तानाशाह एडोल्फ हिटलरको जीवनीमा आधारित रहेको छ । यस उपन्यासमा जर्मनीमा उसको उपस्थिति, शासनमा प्रवेश, चान्सलर र राष्ट्रपति हुँदै कुख्यात तानाशाह भएको घटना विवरण, उसले थालनी गरेको दोस्रो विश्वयुद्ध र त्यसमा भएको जनधनको विनाश अनि युद्धको पराजयसँगै हिटलरले गरेको आत्महत्यासम्मको घटना विवरणलाई औपन्यासिक फ्रेममा उतारेर प्रस्तुत गरिएको छ ।
इतिहासको विवरणलाई आख्यानको रूप दिएर प्रस्तुत गर्ने औपन्यासिक कलाका साथै हिटलरको चरित्रको पुनःनिर्माण गरी हामीले इतिहासमा पढेको हिटलर बारेको विवरण र उसको चरित्रकाबारेमा भनिएका जे-जति कुराहरू थिए तिनमा पुनःविचारको प्रस्ताव यस उपन्यासमा गरिएको छ । हिटलरले लेखेका दुईवटा मुख्य पुस्तकहरू मेरो जीवनी र सङ्घर्ष र मेरो सङ्घर्ष बाहेक पनि हिटलरले जीवनकालको अन्त्यमा लेखेर छोडेर गएको भनिएको अन्तिम काल्पनिक डायरीमा काल्पनिक भनिएका कुराहरूलाई समावेश गरेर हिटलरको चरित्रलाई सुध्याउने प्रयत्नगरिएको यो उपन्यास लेखककै भनाइअनुसारइतिहासलाई उपन्यास बनाउन निकै गाह्रो परेको ऐतिहासिक उपन्यास बन्न पुगेको छ ।
इतिहास नभनी हिटलरको रूपाकृति स्पष्ट नहुने र इतिहासले मात्र उपन्यास बन्न नसक्ने परिस्थितिमा निकै चलाखीपूर्वक इतिहासलाई आख्यान तुल्याइएको यो कृतिले युरोपको इतिहासको जानकारी र आख्यानको स्वाद संयुक्त रूपमा दिने प्रयत्न गरेको पाइन्छ । हिटलरले निर्माण गरेको लडाकु दस्ता जसमा एसएसबाहिनी, सरकारी प्रहरी र स्ट्रोम ट्रपर सेनाहरूबाट बनाइएको थियो र त्यसको नाउँ गेस्टापो राखिएको थियो । त्यही गेस्टापोलाई प्रतीक बनाएर यो उपन्यासको शीर्षक गेस्टापो राखिएको छ । यसले तत्कालीन जर्मनी र त्यसको नायक एडोल्फ हिटलरको समग्र चरित्रको प्रतिनिधित्व गरेको छ ।
गेस्टापोकै एकजना सदस्यले युद्धपछि आफ्नै संलग्नताको नाजी शासन, नाजी नायक हिटलर र त्यस समयको जर्मनी ग्यास च्याम्बर र कन्सन्ट्रेसन क्याम्पहरूको जिउँदोजाग्दो तस्वीर उतारेको गेस्टापो कृतिलाई आधार बनाएर यो उपन्यासको निर्माण भएको छ र उपन्यासकारले एकप्रकारले यो गेस्टापोकै नेपाली अनुवाद हो ।
गेस्टापोकै एकजना सदस्यले युद्धपछि आफ्नै संलग्नताको नाजी शासन, नाजी नायक हिटलर र त्यस समयको जर्मनी ग्यास च्याम्बर र कन्सन्ट्रेसन क्याम्पहरूको जिउँदोजाग्दो तस्वीर उतारेको गेस्टापो कृतिलाई आधार बनाएर यो उपन्यासको निर्माण भएको छ र उपन्यासकारले एकप्रकारले यो गेस्टापोकै नेपाली अनुवाद हो (पृ.३०६) सम्म भनेका छन् । गेस्टापोकै अनुवाद नभए पनि जर्मनीको ओरानियन वर्ग बन्दीगृहमा सरुवा भई गएको गेस्टापो हैम्बर्गको भावनाको कलात्मक अनुवाद यो कृति हुन पुगेको छ । यसले युद्ध र अपराध विरोधी मनमस्तिष्कहरूलाई एकपटक राम्ररी स्पर्श गर्ने छ साथै अहिंसा, शान्ति र मानवताको पक्षमा अझदरो गरी उभिन सम्बल प्रदान गर्ने छ ।
यथार्थ, कल्पना र सपना तीन तत्त्वको मिश्रणबाट यो उपन्यास निर्माण भएको छ । यथार्थअन्तर्गत उपन्यासका लेखकसहित चारजनाको टोलीलाई जिटिजेट प्रोजेक्टले सन् १२ नोभेम्बर २००९ मा बाह्र दिनको जर्मनी भ्रमणको योजना मिलाएपछि जर्मनी पुगेका लेखकले आफ्नो बाह्र दिने यात्रा विवरण यसमा उल्लेख गरेका छन् र तिनै बाह्र दिनमा पढिसकिएको गेस्टापो कृति नै एकप्रकारले यो उपन्यास बन्न पुगेको छ । साथै यथार्थकै अर्को महत्वपूर्ण पक्ष सन् १९२३ देखि १९४५ सम्मको जर्मनीको प्रत्यक्ष विवरण प्रस्तुत गरिएको विश्व र विशेषगरी जर्मनी, फ्रान्स, बेलायत, पोल्यान्ड, रुस, जापानलगायत देशहरूमा विशेष प्रभाव छोड्ने गरी भएको दोस्रो विश्वयुद्धको इतिहास पनि यसमा समावेश भएको छ ।
यद्यपि तिथि मितिलाई यथावत् राखेर कतिपय घटना र व्यक्तिको नाउँ काल्पनिक तुल्याइएको छ तापनि कृतिमा ऐतिहासिक विवरणलाई मिति र नामसहित समावेश गरिएको छ । त्यसैगरी उपन्यासमा प्रचुरमात्रामा कल्पनाको प्रयोग छ । विभिन्न अवस्था र परिस्थितिलाई औपन्यासिकता प्रदान गर्न आवश्यक भएकैले कल्पना जोडिएको छ । त्यसैगरी उपन्यासमा सपनाको माध्यमबाट स्वैरकल्पनालाई स्थान दिइएको छ । सपनामा लेखकले जर्मनीको पूर्वराष्ट्रपति हिडेन्वर्गको मूर्ति र अन्य सैनिकका मूर्तिहरूसँग सम्वाद गर्नु, ग्यास च्याम्बरमा घाँटी छिनाएर मारिएको बुढो प्राध्यापक र यात्री कृष्ण धरावासी एकरूप भई घरी प्राध्यापक र घरी धरावासी भई हिडेन्वर्गसँग कुरा गर्नु, पछि पनि पटक–पटक म पात्रले सपनामा हिटलरका भाषण सुन्नु आदिमा स्वप्न सिद्धान्तको प्रयोग भएको छ जसले स्वैरकल्पना र मनोविज्ञान सिद्धान्ततर्पm पनि पाठकको ध्यानाकृष्ट गराउँछ ।
स्वप्न हो कि ऐठन हो भनेजस्तो अवस्थामा विभिन्न घटनाहरूले आफूलाई त्रसित गर्ने यो विधि विश्वेश्वरप्रसाद कोइरालाले पनि ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ मा प्रयोग गरेका छन् । मोदिआइनले महाभारतको कथा भनेको अवस्था र हिटलर र ईश्वरका बीचको सम्वादमा यो विधि अवलम्बन गरिएको छ । साथै अनुवाद यात्रा, इतिहास र आख्यानको सम्मिश्रणको नमुनाका रूपमा पनि यो कृति देखा परेको छ । यो उपन्यासको सम्पूर्ण घटना पूर्वदीप्ति शैलीमा प्रस्तुत गरिएको छ । हिटलरको गेस्टापोमा भर्ना भई दोस्रो विश्वयुद्धको सम्पूर्ण घटनाको साक्षी बनेको हैम्बर्गले यो विवरण प्रस्तुत गरेको छ ।
हैम्बर्ग स्वयम् पनि यी घटनामा सामेल भएको हुनाले प्रथम पुरुष सर्वज्ञ दृष्टिबिन्दुमा यस उपन्यासको आख्यान निर्माण भएको छ । लेखकको प्रस्टोक्ति, आफ्नो यात्राको पृष्ठभूमि जसमा स्वैरकल्पनाको समेत प्रयोग छ, त्यसपछि उपन्यास निर्माणको भूमिका जसमा सङ्क्षेपमा युरोप र जर्मनको इतिहास अटाइएको छ त्यसको विवरण र हैम्बर्गले यो कृति लेख्नु पूर्वको अवस्थाको चित्रण भूमिकामा प्रस्तुत गरी हैम्बर्गले लेखेको गेस्टापो र त्यसलाई पाठ गर्ने (पढ्ने) लेखक धरावासी सहजकर्ता यथार्थ पात्र मिलेर यस उपन्यासको कथा भनेको पाइन्छ । हुन त यो कृति हैम्बर्गको आत्मविवरण हो तर त्यो विवरण लेखक धरावासीको औपन्यासिक कलाको साँचोमा ढल्दै अहिलेको गेस्टापोको रूपमा आएको हो भन्ने बुझिन्छ ।
एकदेखि बीस परिच्छेदसम्म बाँडिएको यो उपन्यासको पहिलो परिच्छेदमा हैम्बर्गले आपूm सन् १९०३ डिसेम्बर १७ मा राइन नदीको किनारमा जन्मिएको र बाल्यावस्थामै आमा मरेपछि आफू र बहिनीलाई मामाघरकी हजुरआमाले पालेको जानकारी गराएको छ । साथै आफ्नो नदीसँगै गतिशील हुने तर नदीको बहावसँगै तल जाने नभएर नदीको मुहान पत्ता लगाउने महत्वाकाङ्क्षा र लालन पालनको कठिनाइले बहिनी र हजुरआमालाई छाडेर घरबाट हिँडेको र धेरै दिनपछि एउटी आमाले आफ्नो घरमा लगी आश्रय दिएको कुरा बताएको छ ।
उक्त परिवारमा आपल्नो बहिनी जत्रै ग्रेटा, दादा र ममी (ग्रेटाका बाबुआमा) सहित केही वर्ष बसेको अवस्थामा देशभर युद्धको त्रास र अशान्ति सिर्जना भएपछि आपूmले आश्रय लिएको परिवारसहित भियना सरेको, त्यहाँ केही वर्ष बस्दा आमा (जो इतिहासकी रिटायर प्रोफेसर थिइन)को सहयोगले राजनीति, अर्थनीति, धर्म र संस्कृतिबारेको राम्रो जानकार बनेको, ग्रेटाको सम्पर्कले प्रेमभाव जागृत भएको र दादासँगको सङ्गतले पत्रकार भई विभिन्न पत्रिकामा काम गर्ने अवसर पाएकाले देशको राजनीतिबारे धेरै नै बुझ्ने भइसकेको कुरा बताएको छ । भियनामै छँदा हैम्बर्गले हिटलरको नाम र उसको जातिवादी चिन्तनले मुलुकको अवस्था गम्भीर हुँदै गएको बारेका कुराहरू सुन्ने गथ्र्यो ।
यहुदी, कम्युनिष्ट र क्याथोलिकहरूलाई घृणा गर्ने हिटलरको जातिवादी चिन्तन घातक भएको भन्ने चर्चाका साथै अबको मुक्तिको बाटो भनेकै माक्र्सवादी चिन्तन र सर्वहारावर्गको शासन हो भन्ने खाले यावत् कुराहरूसँग हैम्बर्ग परिचित भइसकेको थियो । त्यसै क्रममा युद्धको आतङ्कले सम्पूर्ण उद्योग, कारखानाहरू बन्द भएपछि अर्कैको परिवारमा सधैँ बोझ बनेर बस्न नसकी आमाको घरबाट हिँडे्पछि भौंतारिँदै एउटा क्याथोलिक चर्चमा पुगेको र त्यहाँ बस्ने एउटा बूढा मान्छेले सहारा दिएपछि केही समय त्यहीँ बसी शहरमा काम खोज्दै भौंतारिए पनि काम नपाएको साथै हैम्बर्गले त्यहाँका शहरहरूमा हुने गरेको मजदुर आन्दोलनहरूमा सरिक गराउँदा गराउँदै नजानिँदो किसिमले राजनीतितर्फ आकर्षित हुँदै गएको र आफूभित्र बाल्यकालदेखि नै विकसित हुँदै आएको क्रान्तिकारी चेतना मुखर हुन थालेको अनुभव भएको कुरा बताएको छ ।
जर्मनीमा हिटलरको पार्टी र सङ्गठनमा आएका धेरै उतारचढावमा पनि एकनासले सक्रिय भएर रहेको हैम्बर्ग हिटलरका हरेक गतिविधि, व्यवहार र आचरणको साक्षी बन्दै हिटलरले थालनी गरेको दोस्रो विश्वयुद्धमा पनि सामेल भएको पाइन्छ ।
त्यही क्रममा त्यहाँ मजदुर नेताहरूको सम्पर्कले कम्युनिष्ट राजनीतिमा सरिक भए पनि यो राजनीतिमा आफू केवल सर्वाहाराको नमुनामात्र बनेको र थप उपलब्धि केही नहुने देखेपछि म्युनिखको निम्ति रेल चढेको बताएको छ । रेलमा भेटिएकी यहुदी केही दान्काको साथ लागेर हैम्बर्ग मान्कीको डेरामा पुग्छ । म्युनिखमा दान्का र मान्कीको पाहुना बनेर काम खोज्दै गर्दा गर्दै उसकै शहरमा एडोल्फ हिटलर आउने खबर सुनेपछि हिटलरको भाषण सुन्न पुगेको हैम्बर्ग वास्तवमै उसको भाषणबाट उत्तेजित र प्रभावित हुन्छ । गरिब र असहायको ईश्वर जस्तै बनेर जर्मन नागरिकको मनको भित्रैसम्म प्रवेश गर्ने हिटलरको भाषण सुनेर सबै प्रभावित हुँदै गएको जानकारी हैम्बर्गले दिएको छ । आफू बस्ने डेराका दान्का र मान्की यहुदीविरोधी धारणाका कारण हिटलरलाई मन पराउँदैनथे ।
उसका यहुदी, कम्युनिष्ट र रोमन क्याथोलिक विरोधी धारणाले देशलाई विनाशतर्फ लैजाने उनीहरूको धारणा थियो । तर केही धारणाहरूलाई छोडेर राष्ट्रवादी चिन्तन र क्रान्तिकारी विचारले भरिएको हिटलरको भाषणबाट हैम्बर्ग भने प्रभावित हुँदै उसैको मार्गमा क्रमशः अघि बढिरहेको थियो । दान्का र मान्कीलाई पनि ढाँटेर हिटलरका भाषणहरू सुन्दै उसैको विचारको पक्षपोषक बन्दै हिटलर नजिक पुगेको हैम्बर्गले एक दिन हिटलरलाई भेटेर आफू भियनाबाट आएको र हिटलरकै विचारको समर्थक रहेको जनाएपछि त्यही दिनदेखि नाजी पार्टीले सञ्चालन गरेको सङ्गठनको स्ट्रोम ट्रपर भएर हिटलरको सुरक्षा टोलीमा सामेल हुन्छ ।
त्यसपछिका दिनहरूमा हिटलरको नीति र कार्यक्रमको समर्थक सदस्यका हैसियतले सक्रिय रहेको हैम्बर्ग हिटलरको प्रिय पात्र र विश्वासिलो भरपर्दो व्यक्तिका रूपमा काम गर्दै अगाडि बढेको पाइन्छ । यसै क्रममा जर्मनीमा हिटलरको पार्टी र सङ्गठनमा आएका धेरै उतारचढावमा पनि एकनासले सक्रिय भएर रहेको हैम्बर्ग हिटलरका हरेक गतिविधि, व्यवहार र आचरणको साक्षी बन्दै हिटलरले थालनी गरेको दोस्रो विश्वयुद्धमा पनि सामेल भएको पाइन्छ ।
हिटलर जर्मनीको चान्सलर हुँदै क्रमशः राष्ट्रपतिसम्म हुने क्रममा भएका अनेकौं घटना दुर्घटनाहरू (राम्रा/नराम्रा) सबैमा सामेल हुँदै आएको हैम्बर्गले जर्मनीमा हिटलरी शासनको बेला भएका जति पनि अन्याय, अत्याचार, हत्या, जातीय विद्वेष, यहुदी, कम्युनिष्ट र क्याथोलिक माथिको बर्बर दमन, त्यस दमनका क्रममा आफ्ना विचारका विरोधीमात्र नभएर केवल यहुदी भएकै कारण कन्सन्ट्रेसन क्याम्प र ग्यास च्याम्बरहरूमा पुर्याइने महिला, बालबालिका, वकिल, प्राध्यापक, बुद्धिजीवीहरू सबैको अवस्था र तिनीमाथि गेस्टापोहरूले गरेका अत्याचारका कहालीलाग्दा घटनाहरूको अवलोकन गर्ने मौका पाएको देखिन्छ ।
मानवको हैसियतले सहन गर्नै नसकिने त्यस्ता बर्बर घटनाहरू पनि हेर्न बाध्य भएको हैम्बर्गले सत्ताको शिखरमा पुगेपछि हुने अनैतिक कर्म, आपसमा विश्वासको सङ्कट, सत्ताको अहङ्कारले हुने दुराचारहरू, विभिन्न खाले खेल र षड्यन्त्रहरू, सत्ताको दाउमा आफ्नो पराया नछुट्याई गरिने हत्या/गिरफ्तारी र यावत् कुकृत्यहरू देखेको र ती सबैबाट वाक्क भएको हैम्बर्गले आफू हिटलरको ज्यादै प्रियपात्र, विश्वासी र भित्री तहको मानिस हुँदाहुँदै पनि यी तमाम अमानवीय कर्म र यो महाविनाशको एउटै मात्र कारण रहेको हिटलरको समाप्ति नभएसम्म अब जर्मनीको हित सम्भव छैन भन्ने ठहर गर्दै हिटलरलाई मार्ने षड्यन्त्रमा समेत सामेल भएको देखिन्छ ।
तर, आफूले तयार गरेको योजनाबाट हिटलर बाँच्न सफल भएपछि पनि हिटलरले आफूमाथि गरिरहेको विश्वास सम्झेर र आफ्नो अथ र इति दुवै हिटलर नै हो भन्ने ठानेर सबै सुभेच्छुक, प्रियपात्र, प्रमुख सल्लाहकार, सत्ताका सहभागी सदस्य र हिटलरका निकटतम व्यक्तिहरूले सङ्कटको समयमा ज्यान जोगाउन हिटलरलाई छाडेर गए पनि हैम्बर्गले हिटलरलाई अन्तिम समयसम्म पनि साथ दिएको देखिन्छ । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच