दुई केजी सुन बरामद प्रकरण : थप एक चिनियाँ नागरिक पक्राउ

Read Time = 1 min

काठमाडौं । नागढुंगाबाट दुई केजी सुन बरामद प्रकरणमा थप एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा २७ वर्षीय चेन झिवेई रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।

मंसिर २१ गते रसुवाबाट काठमाडौं आउँदै गरेको निजी गाडीबाट दुई किलो सुनसहित तीन जना पक्राउ परेपछि चिनियाँ नागरिक चेन भने फरार थिए।

यसअघि पक्राउ परेका तीनै जना रसुवाका स्थानीय हुन् । चिनिया नागरिक चेनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?