मंसिर २८ देखि काठमाडौंमा हस्तकला व्यापार मेला हुँदै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । मंसिर २८ गतेदेखि पुस २ गतेसम्म २० औँ हस्तकला व्यापार मेला हुने भएको छ ।

नेपाल हस्तकला महासङ्घको आयोजनामा काठमाडौंको अन्नपूर्ण होटेलमा २० औँ हस्तकला व्यापार मेला आयोजना हुने भएको हो । सोमवार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले अन्तर्राष्ट्रिय बजारको माग र अवस्थाका बारेमा उद्यमी व्यवसायीहरूमा जानकारी आदान प्रदान गर्नु मेलाको मुख्य उद्देश्यले मेलाको आयोजना गर्न लागेको बताएको छ ।

महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला व्यापार मेलासँगै १८ औँ हस्तकला प्रतियोगिता आयोजना समेत आयोजना गरिने बताउनु भयो ।
उहाँले मेलाको मुख्य उद्देश्य निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्ने र अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरूको चाहनाअनुरूप वस्तु डिजाइन गर्ने रहेको बताउनु भयो।

उहाँले मेलामा स्वदेशी र विदेशी क्रेता तथा विक्रेता बीच एक आपसमा सीप, प्रविधि, डिजाइन र ज्ञानको आदान प्रदान हुने समेत बताउनु भयो । उहाँले मेलामा महासंघको १ करोड बढी खर्च हुने बताउनु भयो । उहाँले अहिलको अवस्थामा मेला आयोजना गर्न चुनौति रहेको बताउनु भयो ।

मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडलबाट गर्ने कार्यक्रम रहेको छ । मेला अवलोकनका लागि नेपाल सरकारका मन्त्री, उच्च पदस्थ अधिकृतहरू, नेपालस्थित विभिन्न मुलुकका कुटनैतिक नियोगका राजदुतहरूको समेत उपस्थित रहने बताइएको छ । मेलामा हस्तकलाका वस्तुहरूको करिब १३० वटा स्टलहरू रहने छन् । मेलामा पाकिस्थान,बंगलादेशका व्यवसायीहरुको समेत स्टल रहनेछ । त्यस्तै हस्तकला प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार नगदसहित प्रमाणपत्र,द्वितीय हुनेलाई ३० हजार र तृतिय हुनेलाई २० हजार रुपैयाँ नगद पुरस्कार रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?