यस्तो छ- आजको विदेशी मुद्राको विनिमय दर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, आज एक डलरको विनिमय दर खरिद दर १३३.१३ र बिक्रि दर १३३.७३ रुपैयाँ रहेको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ७७ पैसा र बिक्री दर १४४ रुपैयाँ ४२ पैसा कायम गरिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३५ पैसा र बिक्री दर १६८ रुपैयाँ ११ पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८७.७३ रुपैयाँ र बिक्री दर ८८.१२ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९८ रुपैयाँ १२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५६ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १७ पैसा र बिक्रीदर ९ रुपैयाँ २१ पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा १० रूपैयाँ १७ पैसा र बिक्री दर १० रूपैयाँ २२ पैसामा खरिदबिक्री गर्न सकिनेछ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.५० रुपैयाँ र बिक्री दर ३५.६६ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.४२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५५ रुपैयाँमा कारोबार गरिनेछ ।

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४३१.८५ पैसा र विक्रीदर ४३३.७९ पैसामा कारोबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?