भक्तपुर । नेपालभाषाका कवि तथा लघुकथाकार डा.आनन्द जोशीलाई यस वर्षको ‘याताज श्यामविश्व पुरस्कार’ प्रदान गरिएको छ । पुरस्कृत व्यक्तित्व डा.जोशी देशबाहिर रहेकाले उहाँका प्रतिनिधि विष्णुकेशरी ताम्राकारलाई प्रमुख अतिथि पुष्पराज राजकर्णिकारले २५ हजार ५५५ नगद राशिसहित पुरस्कार प्रदान गर्नुभएको हो ।
राजकर्णिकारले डा.जोशीका लघुकथामा नयाँ दृष्टिकोण प्रभावकारी रूपमा आएको बताउनुभयो । सो अवसरमा कवि योगेन्द्र प्रधान, विमल ताम्राकार लगायतले आ-आफ्ना भनाइ राख्नुभएको थियो उक्त अवसरमा श्याम आशाको लघुकथासंग्रह ‘थ्व देय्’ लोकार्पण गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच