काठमाडौं । बिवाइडीको पछिल्लो सफल मोडल डल्फिनले युरोपकै प्रतिष्ठित अवार्ड ‘वेष्ट वाई कार अफ युरोप-२०२४’ अवार्ड जित्न सफल भएको छ । अवार्ड युरोपभर बिक्री हुने कारमध्ये उत्कृष्टलाई ‘अटोवेष्ट’ प्रदान गरिन्छ । प्रतिस्पर्धामा दोस्रो स्थानमा हुण्डाई कोना र तेस्रो स्थानमा जिपको एभेन्जर रहेका थिए । कम्पनीका अनुसार अष्ट्रियाको टिसडार्फ शहरमा रहेको सर्किटमा सबै प्रतिस्पर्धीलाई उतारिएको थियो । त्यसका लागि युरोपभरका ३१ देशबाट आएका अटोवेष्ट पत्रकारले मतदान गरेर डल्फिनलाई अवार्ड दिएका हुन् ।
उनीहरूले डल्फिनलाई फिचर लोडेड क्याबिन, आकर्षक डिजाइन, सुरक्षामा अब्बल र गुणस्तरीय प्रविधिको प्रयोग भएको पर्फेक्ट कार भनेका छन् । त्यसमा सुरक्षित र सफल ब्लेड ब्याट्री प्रयोगले सुरक्षामा नयाँ मानक स्थापित गरेको मानिएको छ । त्यसैले डल्फिनले २०.०५७ अंकसहित पहिलो स्थान सुरक्षित गर्न सफल भएको हो ।
अटोवेष्टका जुरीले पहिलोपटक कुनै पनि बिवाइडीको मोडललाई ‘वेष्ट वाई कार अफ युरोप २०२४’ को अवार्ड दिएको हो । अवार्ड दिएपछि अटोवेष्टका अध्यक्ष भान भार्डीले भन्नुभयो, ‘बिवाइडी डल्फिनले बजारमा आएदेखि नै उत्कृष्ट पर्फमेन्स दिएको छ । हामीले दशककै सन्तुलित अटोवेष्ट प्रतिस्पर्धा गराएका छौँ । यसमा डल्फिनले एक विद्युतीय साधनका रूपमा योग्य भएर शीर्ष उपाधि जित्न सफल भएको छ ।’
जुरीहरूले डल्फिनको साइज, आरामदायी र ड्राइभिङ प्लेजरलाई मुख्य आधार बनाएका थिए । सानो साइजमा धेरै स्पेसका साथै कारको मूल्यले पनि विश्वभर नै सबैलाई आश्चर्यचकित बनाएको छ । नेपालमा पनि ३९ लाख ८० हजारमा डल्फिन खरिद गर्न पाइन्छ । उक्त मूल्यमा सोही सेग्मेन्टका अन्य प्रतिस्पर्धी नै छैनन् । अटोवेष्ट अवार्ड हात पारेपछि बिवाइडी युरोपका प्रबन्ध निर्देशक मिचेल साउले भन्नुभयो, ‘यो पुरस्कार हाम्रा लागि निकै गर्वको कुरा हो । यही पेशामा रहेका जुरीको निर्णयबाट पाएको अवार्डले नयाँ गाडी किन्न चाहने ग्राहकको ध्यान तान्नेमा म विश्वस्त छु । यसले हामीलाई नयाँ प्रोडक्ट अझ उत्कृष्ट र कम मूल्यको ल्याउन प्रेरित गरेको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच