काठमाडौं । एनसेल घोटला काण्डको विरोधमा मानव अधिकार तथा शान्ति समाजले माइतीघर मण्डलमा गरेको प्रदर्शनका क्रममा १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
एनसेल घोटला प्रकरणमा न्यायिक छानविन आयोग गठनको माग गर्दै उनीहरुले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए ।
राज्यको स्वामित्वमा आउनुपर्ने सम्पत्ति राज्यलाई नै हस्तान्तरण हुनुपर्ने लगायत उनीहरुले माग गरेका छन् । उनीहरुले एनसेल घोटला प्रकरणमा वर्तमान र पूर्वधानमन्त्रीको संलग्नता रहेको लेखिएको प्ले कार्ड बोकेका थिए ।
सो क्रममा १५ जना प्रदर्शनकारीलाई प्रहरी पक्राउ गरेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच