पोखरा । दर्शक दीर्घाबाट आफूलाई मकैको खोया प्रहारपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हरेक प्रहारसँग जुध्न आफू तयार रहेको र डराएर पछि नहट्ने बताउनु भएको छ ।
उहाँले पोखरास्थित अमरसिंहचौरमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका बेला उहाँमाथि सभामा सहभागी लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले मकैको खोया प्रहार गरेका थिए ।
आफूमाथि प्रहार भएको मकैको खोया देखाउँदै सभापति लामिछानेले हरेक प्रकारका प्रहारको सामना गर्न तयार रहेको बताउनु भएको हो ।
‘यो देशमा प्रश्न कसलाई गर्नुपर्ने हो। यस्ता घोगाहरू कसलाई फाल्नुपर्ने हो मलाई थाहा छैन। कयौं घेराबन्दी, कयौं मुद्दा मामिला, कयौं आक्रमण, कयौं धाक धम्कीबाट नडराइकन म यो बाटो हिँडेको मान्छे हुँ।’ उहाँले भन्नुभयो, ‘आफ्नै मिहिनेत र परिश्रम, कसैको केही नखाई, सम्मानित जीवन बाँच्ने सुविधालाई एकातिर पन्छाएर खुला किताब भएर आएको हुँ। अरूको हकमा भए एउटा पीरले मान्छेलाई थला पार्छ। मैले एकपछि अर्को पीर, दुःख घेराबन्दी र षडयन्त्र सामना गर्नुपरेको छ। अब त नयाँ प्रहारहरू पनि सुरु भएको रहेछ। सुनाइदिनु होला यो खबर रवि लामिछाने हरेक प्रहारसँग जुध्न तयार छ। कुनै चिजबाट डराएर पछि हट्न आएको होइन।’
सभापति लामिछानेले खोया प्रहार गर्नेलाई आफूले फूल दिने बताउँदै, ‘खोया प्रहारको बदलामा फूल छाडेर जाँदैछु। आजको दिन मेरो लागि स्मरणीय रहनेछ।’ भन्नुभयो ।
खोया प्रहार गरेका लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच