विराटनगर । यस वर्षको दधिराज सुवेदी पुरस्कार प्रदान गरिएको छ । साहित्यकार तथा समालोचक दधिराज सुवेदीको नाममा उहाँका छोराले स्थापना गर्नुभएको पुरस्कार प्रतिष्ठानले आठौं संस्करणमा वरिष्ठ साहित्यकार तथा आख्यानकार भागिरथी श्रेष्ठ र वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई पुरस्कृत गरेको हो ।
नेपाली साहित्य र आख्यान क्षेत्रमा गर्नुभएको योगदानको कदर गर्दै साहित्यकार श्रेष्ठलाई प्रतिष्ठानले ५१ हजार रुपैयाँ राशिको राष्ट्रिय भाषा साहित्य पुरस्कारबाट र पत्रकारिता क्षेत्रबाट राष्ट्रलाई पुर्याउनुभएको योगदानको कदर गर्दै पत्रकार झालाई २५ हजार रुपैयाँ राशिको दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको हो । पुरस्कृत दुवैलाई नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा.शेखर कोइरालाले सम्मान गर्नुभएको थियो ।
नेपाली साहित्य, भाषा, सामाजिक र शिक्षा क्षेत्रको उन्नयनका लागि साहित्यकार दधिराज सुवेदीले गर्नुभएको योगदानलाई सुपरिचित गराउने उद्देश्यले उहाँका छोरा शरदराज र रूपकराज सुवेदीले प्रतिष्ठान गठन गरेर १५ लाख रुपियाँको अक्षयकोष खडा गर्नुभएको हो । सोही कोषबाट प्रतिष्ठानले आर्जित ब्याजबाट हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच