कविता : संकल्पको गन्तव्य

हिमालय टाइम्स
Read Time = 1 min

✍️ विश्वास नेपाली

रच्नु छ एउटा सुनौलो अमर इतिहास
तोड्नु छ असम्भव भनिएका पर्खालहरू ।
कोर्नु छ आफ्नो भाग्य रेखालाई आफैँले
चम्किनेछन् प्रकाशको किरणले आँखिझ्यालहरू ।।

जित्नु छ हरपल आफैँसँगको लडाए
बल्नु छ सूर्यको तीव्र प्रकाश झै ।
झिलीमिली बन्नेछन् हर बस्ती र शहर
जित्नु छ दृढ विश्वासको दियो भई ।।

बन्ने छु साहसी हजारौं पीडालाई सहेर
छोडिन्न संकल्प अन्तिम प्राण रहे ।
निरन्तरताले नै हुन्छ एक दिन अवश्य विजय
पुगिन्छ लक्ष्यमा असफलताको डर नभए ।।

चाल्नु छ पाइला गन्तव्यमा जति अवरोध आए
छोड्दिन मुस्काउन चाहे हजारौं पीडा नै पाए ।
हिँड्नु छ सत्कर्म गर्दै सत्यको बाटोमा अघि
देख्नेछन् परमात्माले सधैँ न्याय र अन्याय ।।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Biswasnepali
Biswasnepali
2023-01-20 11:41 am

Thank you so much himalayan times family 👪

रिलेटेड न्युज

छुटाउनुभयो कि ?