कालीकोट । कालीकोटमा राष्ट्रिय प्रशारण लाइनको पोल गाड्ने क्रममा एक जना युवको मृत्यु भएको छ ।
शनिबार दिउँसो २ बजेको आसपासमा तिलागुफा नगरपालिका वडा नम्बर–४ राँचुलीमा राष्ट्रिय प्रशारण लाइनको पोल गाड्ने क्रममा सोही वडाका २२ वर्षीया अर्जुन शाहीको मृत्यु भएको हो ।
दिउँसोको समयमा पोल गाड्ने काम गर्दै जाँदा ढलेको अर्को पोलले छोएपछि २२ वर्षका शाहीको करेन्ट लागेर मृत्यु भएको हो ।
शाहीसँगै काम गर्ने अर्का निर्मल शाही सामान्य घाइते हुनुभएको र उहाँको उपचार भइरहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक अर्जुन केसीका अनुसार शाहीलाई करेन्ट लाग्ने बित्तिकै राँचुली अस्पतालमा लिँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच