
रुपन्देही । लुम्बिनी प्रदेशमा दुई मन्त्री नियुक्त भएका छन् । माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसीलाई शहरी विकास र प्युठानका सरोज थापा (रोज राणा)लाई उद्योग तथा यातायात व्यवस्था मन्त्री नियुक्त गरिएकाे हाे ।
नवनियुक्त दुई मन्त्रीले आज दिउँसो शपथ लिने तयारी भैरहेकाे छ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयले शपथ ग्रहणको लागि दिउँसो २ बजेको तयारी गरेकाे छ ।
सरकार गठन भएको ८ महिनापछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्री थप्नुभएकाे हाे । गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त हुनुभएका डिल्लीबहादुर चौधरीले गठबन्धनका दलहरूबीच मन्त्रालय भागबन्डामा देखिएको किचलोका कारण सरकारलाई पूर्णता दिन सक्नुभएकाे थिएन ।
दुई मन्त्री थपिए पनि लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता भने पाएको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच