
काठमाडौं । नबिल बैंकले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना बजारमा ल्याएकोे छ । आफूलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखी एक घण्टाभित्र पाउने गरी बैंकले यस्तो योजना ल्याएको हो । योजनाअन्तर्गत १२.३० प्रतिशत ब्याजमा १० लाखसम्म ऋण पाइनेछ ।
आवेदन दिएदेखि ऋण प्राप्तिसम्मको समय एक घण्टाको अवधिमा ऋण पाइने भएकाले तत्काल समस्या समाधानमा सहयोग पुग्ने बैंकको भनाइ छ । त्यस्तै सुनका लागि निःशुल्क बिमा व्यवस्थासमेत रहेको छ । बैंकले ग्राहकका विभिन्न वित्तीय आवश्यकता पूरा गर्न यस्तो प्रकारको कार्यक्रम ल्याएको जनाएको छ ।
नबिलले तत्कालका लागि नेपालभर आठवटा शाखाबाट यो सेवा दिने जनाएको छ । जसमा उपत्यकाभित्र कुमारीपाटी, कालीमाटी र सूर्यविनायक शाखा र उपत्यकाबाहिरका लागि धरान-महेन्द्रपथ, बुटवल-चौराहा, नेपालगञ्ज (भानुभक्त चोक), फिदिम र चिप्लेढुंगाबाट सुन कर्जा उपलब्ध हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच