बालकुमारी घटनामा प्रहरीको गोली लागेका एक जनाको मृत्यु, अर्का एक जनाकाे अवस्था चिन्ताजनक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बालकुमारी घटनामा एक प्रदर्शनकारीको मृत्यु भएको छ।

ईपीएस आन्दोलनकारी र प्रहरीबीचको झडपमा एक युवकको ज्यान गएको हो । गोली लागेर घाइते ती युवकको किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी स्रोतले बतायो।  मृत्यु भएकाको सनाखत भएको छैन ।

आन्दोलनकारीले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजानी गरेपछि प्रहरीसँग झडप भएको थियो ।

प्रहरीले अश्रुग्यास र लाठी प्रहार गर्दै तितरबितर गर्ने क्रममा गोली समेत चलाएको थियो ।

प्रहरीले चलाएको गोली लागेर दुई जना गम्भीर घाइते भएका थिए । ती मध्ये एक जनाको मृत्यु भएको हो । अर्का एक जना घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको छ । उनकाे पनि अवस्ता गम्भीर रहेकाे बताइएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?