मान्छे मार्न पाइँदैन, गृहमन्त्री ज्यु तत्काल राजीनामा दिनुस् : एमाले सांसद राई

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले गृहमन्त्रीको राजीनामा माग गर्नुभएको छ ।

सोमवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद राईले गृहमन्त्रीले राजीनामा दिएर आयोगलाई निष्पक्ष छानबिन गर्न दिनुपर्ने बताउनुभएको हो ।

उहाँले सरकारले युवाहरुमा देखिएको असन्तुष्टिलाई छलफल गरी समाधान गर्नुपर्ने ठाउँमा गोली हानेर मार्नेकुरा सह्य नहुने चेतावनी दिनुभयो । उहाँले समस्या सिर्जना भइसकेपछि गम्भीर रुपमा लिएर समाधान गर्न जानुपर्छ की गोली हान्नुपर्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले गृहमन्त्री श्रेष्ठले राजीनामा नगरेसम्म आयोगले निष्पक्ष भएर काम गर्न नसक्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मेरो एउटा प्रश्न सुरक्षा प्रमुखलाई छ । एकदम तोडमोड गरेर यहाँ कुरा राख्न मिल्दैन । किनभने मैले मेरो आँखाले देखेको छु । किनभने जब समस्या सिर्जना भइसकेपछि सरकारले त्यसलाई गम्भीर रुपमा लिएर समाधान गर्न जानुपर्छ की गोली हान्नुपर्छ ? ठाउँको ठाउँ गोली हानेर मार्न मिल्छ ? आज मान्छे रोजगारको निम्ति खान र लाउन पाउनुपर्छ भनेर मेहनत गरीगरी देशमा केही नभएपछि विदेश जान पाउनुपर्छ भन्ने मान्छेलाई मार्न कहाँ मिल्छ । यो संविधानमा खान पाउने कुरा त मौलिक अधिकार छ के हो ? किन यस्तो हुन्छ ? तपाईले मुलुक चलाउन सक्नुभएन गृहमन्त्रीज्यु । चारैतिर असन्तुष्टि छ । यसरी मान्छे मार्न पाइँदैन, तपाई तत्काल राजिनामा दिनुस् । समस्याको समाधान हामीले निकाल्नुपर्छ । यदी तपाई नै गृहमन्त्री रहीरहनु भयो भने के होला परिणाम । युवाहरुलाई सम्झाउनु पर्ने हो, गोली हान्न मिल्छ ? मान्छे मार्न कहाँ लेखिएको छ ? तलको मानिसलाई कारबाही गरेर मात्रै हुन्छ, आइजीपीलाई कारबाही गर्नुस् ।’

सांसद राईले सरकारले सानालाई नभइ ठूलालाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?