डा.चन्द्रकुमार सेर्मा लिम्बु
जीवन पानीको फोका हो पहलपलमा फुट्न सक्छ ।
जीवन दुई दिने चोला हो क्षणक्षणमा टुट्न सक्छ ।।
जन्ममा एक दिन जन्मोत्सव, मरणमा एक दिन ‘जयन्ती’ लाई जन्मजयन्ती भएर टुंगिने भएझै किरात इतिहासकार मुन्धुमविद् इमानसिंह चेम्जोङको जन्म १९०४ जनवरी १ को जन्मले आज १२१औं जन्मजयन्ती हो । कोलकतामा बिए अध्ययन गर्दा गर्दै पिताको देहान्त भएपछि घर-व्यवहार सम्हाल्न बाध्य भए पनि उनले किरात भाषा, लिपी, साहित्य, इतिहास र संस्कृतिको खोज, अनुसन्धान तथा लेखनमा आजीवन तपस्यारत रहे । फलस्वरूप एक दर्जन पुस्तक तयार गरी किरात जगतमा अमर कृतित्व छोडे ।
भौतिक, धार्मिक विषयमा सदाबहार आवाज उठाउने पहलकर्मीले देवविद्या, राजविद्या, ब्रहृमविद्या र योगविद्या चतुर्थ ज्ञान चतुर्थविद्या तथा मनुष्य पुरुषार्थका चार अंग काम, मोक्ष, अर्थ र धर्मको साररूप दर्शनमा समर्पित रही साधना अभ्यासका कारण एक दर्जन अमूल्य ग्रन्थहरू प्रतिपादन गरे ।
सन् १९२५ मा किरात याक्थुङ चुम्लुङ गराई सर्वप्रथम संगठन निर्माण गरी लिपि र भाषाको प्रचारप्रसार सुरु गरेका कालिम्पोङको रिन्केबुङ ऐतिहासिक स्थल बन्यो । जागिर खान र भाषा बाँड्न सिक्किम, दार्जिलिङ हुँदै नेपालको पल्लो किरात, लिम्बुवान प्रवेश गरी सुतिरहेका मग्नमस्ती किराती लिम्बु बाघहरूलाई घचघच्याए । देशबाहिर भुटान, आसाम, पाकिस्तानको कोइँटा, देहरादुन, पञ्जाव, धर्मशाला, कोलकाता, बर्मा र सिंगापुरसम्म इमानसिंहको पुरुषार्थ यत्र तत्र सर्वत्र छाएको देखिन्छ ।
सन् १९५२ मा पूर्वीय लिम्बुवान इलाममा अखिल लिम्बुवान चुम्लुङ सभा स्थापना गरी आफू अध्यक्ष र तेजबहादुर प्रसाईलाई महामन्त्री बनाई नेपाल-नेपाली मानसिकतामा मुन्धुम ज्ञान, याक्थुङ विद्याको शिक्षा व्यापक औ विशाल वृक्ष रूपी छाता संस्था संस्थागत गर्ने क्रममा २०१३-१४ सालमा विभिन्न माग राखी श्री ५ त्रिभुवनसँग भेटदर्शन तथा ९, १३ र १६ बुँदे दफावार जाहेर गराउने तत्कालीन असम्भवको शंखनाद गर्ने सिद्धिशक्तिको संवाहकको जीवन संघर्षमय औधी थियो ।
मानव जीवनका पहिचानरूपी प्राणधार भाषा, लिपि, संस्कार, इतिहास, धर्म, भेषभूषा र गरगहनाका ग्रन्थहरूमात्र लिपिबद्ध गरेनन्, आर्थिक, राजनीतिक, सामाजिक, प्रशासनिक, शैक्षिक, साहित्यिक, भौतिक, धार्मिक विषयमा सदाबहार आवाज उठाउने पहलकर्मीले देवविद्या, राजविद्या, ब्रहृमविद्या र योगविद्या चतुर्थ ज्ञान चतुर्थविद्या तथा मनुष्य पुरुषार्थका चार अंग काम, मोक्ष, अर्थ र धर्मको साररूप दर्शनमा समर्पित रही साधना अभ्यासका कारण एक दर्जन अमूल्य ग्रन्थहरू प्रतिपादन गरे । किरातको वेद किरात मुन्धुम सन् १९३१, किरात इतिहास सन् १९५५, किरात दन्त्यकथा सन् १९६१, लिम्बू, नेपाल अंग्रेजी शब्दकोश सन् १९६१, किरात मुन्धुम खाहुन सन् १९६५, याक्थुङ चुक्मुक साम्जिक मुन्धुम किरात दर्शन सन् १९६९, लेप्चा, नेपाली, अंग्रेजी शब्दकोश सन् १९७४, किरातकालीन विजयपुरको इतिहास सन् १९७४, द किरात ग्रामर लिम्बू सन् १९७०, हिस्ट्री एन्ड कल्चर अफ द किरात पिपुल सन् १९६७ दिए । यसैगरी किरात प्राथमिक पाठ्यपुस्तक सन् १९८२ पनि दिए ।
आधा शताब्दीभन्दा बढी अहोरात्र समयको सदुपयोग गरे । परिणाममा उहाँको विद्वताका दर्जनौं पुस्तकहरू किरात जनजातिका हृदयग्रन्थ, जीवनदर्शन मार्गदर्शन मर्म, धर्म, कर्म बनेको छ । यद्यपि ब्रिटिशकालीन दार्जिलिङ-भारतबाट बेलायत-लण्डन लगिएका किरात, ज्योतिष शास्त्र, मुन्धुमशास्त्रहरू इष्ट इण्डिया लाइब्रेरी अफ लण्डनमा रहेको अध्ययन गर्ने अनुकूल मिलेन । तत्कालीन राज्यसत्ताबाट भ्रमण गर्न इजाजत भिसा नपाएका इमानसिंहको सपना अपुरो, अधुरो हुनु आमकिरातको निम्ति दुर्भाग्य भयो ।
मुन्धुम, लिपि, भाषा र इतिहासका धरोहर विशेषज्ञलाई त्रिविको सिनासमा मासिक चार सय रुपैयाँका करार वेतनमा १५ वर्ष सेवा गर्दा किरात जनकृतिहरू संग्रह लेख्ने अवसर पाए पनि जीवन दुःखमय रहृयो । सर्जक द्रष्टा, स्रष्टा, प्रतिभा, विभूति, विशेषज्ञ, ज्ञानात्मा, सिद्धात्मा युगपुरुष वा महापुरुष शब्दावलंकारले सम्बोधन गर्दा हुने उहाँको जन्म शुक्रबार र मरण पनि शुक्रबार एकै दिन परेको थियो ।
किरातको वेद, किरातको मुन्धुम नलेख्नु भएको भए मोक्ष त हुन्थ्यो होला तर किरात दर्शन भने इतिहासको गर्भमै सीमित हुनेथियो । अतः किरातका उज्ज्वल नक्षत्र, किरात विभूतिको हुलाक टिकट प्रकाशन, प्रतिमा विभिन्न ठाउँमा स्थापना विद्यालय, बाटोघाटो नामकरण र उहाँको जीवनी नेपाल भारतसम्म विद्यालयमा अध्ययन–अध्यापन गरिन्छ । सेवारो । (लेखक मुन्धुमविद् एवं ज्योतिर्विद् हुनुहुन्छ)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच