दश क्विन्टल बढी गाँजासहित पक्राउ

अनिल पोखरेल सप्तरी, संवाददाता
अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 2 mins

सप्तरी  । सप्तरी प्रहरीले ट्रिपरमा बालुवा छोपी अन्यत्र लैजाँदै १० क्विन्टल बढी गाँजासहित ट्रिपर चालकलाई पक्राउ गरेको छ ।

ट्रिपरमा लोड गरिएको बालुवा भित्र राखेर लैजाने क्रममा पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको खडक नगरपालिका-७ कल्याणपुर चौकमा गए राति उक्त गाँजा बरामद गरेको हो ।

प्रहरीलाई प्राप्त सुराकीको आधारमा खटिएको प्रहरी टोलीले को १ ख ५८३१ नम्बरको ट्रिपरमा चेकजाँच गर्दा १० क्विन्टल बढी गाँजा ‘२८ वटा बोरामा प्याक गरिएको अवस्थामा बरामद भएको शनिवार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिनुभयो ।

उक्त गाँजा १ हजार ६ किलो परिमाणको रहेको छ’, पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिदै, ‘उक्त गाँजा बलान नदी हुँदै भारततर्फ लग्ने योजना रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताउनुभो ।’

उपरीक्षक बज्राचार्यकाअनुसार उक्त गाँजा अन्तर्राष्ट्रिय बजारमा ३० देखि ३५ हजार रुपैयाँ प्रति किलो बिक्री हुने गरेको छ । गाँजासँगै सवारी धनी समेत रहेका ट्रिपर चालक धनकुटाको सहिद भुमी गाउँपालिका-४ का ३२ वर्षीय विशेष राई रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?