
किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कंगोमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ३०० जनाको मृत्यु भएको एक मन्त्रीले शुक्रबार बताएका छन् ।
सामाजिक मामिला, मानवीय कार्य र राष्ट्रिय ऐक्यबद्धतामन्त्री मुटिंगा मुतुइशायीले यो विपद्मा कम्तीमा ४३ हजार ७५० घर भत्किएको बताउनुभयो । उहाँले सरसफाइ र सफा पानीको अभावमा महामारीको जोखिमबारे पनि चेतावनी दिनुभएको छ ।
मन्त्रीले कंगोली अधिकारीलाई मानवीय टोलीलाई सहयोग गर्न अन्तर्राष्ट्रिय एकताका निम्ति आहृवान गर्दै पीडितलाई मद्दत गर्न तुरुन्तै कोष जारी गर्न आग्रह गर्नुभएको छ । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच