काठमाडौं । आरती शाहको समर्थकले राष्ट्रिय मानव अधिकार आयोग अगाडि प्रदर्शन गरेका छन् ।
शाहको न्यायका लागि राष्ट्रिय मानव अधिकार आयोगमा ध्यानाकर्षण पत्र बुझाउन जाँदा पत्र नबुझेको भन्दै आफन्त उनका समर्थकले प्रदर्शन गरेका हुन् ।
शाहको न्यायको लागि आन्दाेनल गर्दै आएका आफन्तहरुले आज २०७ दिन आइपुग्दा पनि शाहले न्याय नपाएको भन्दै आयोगमा ध्यानाकर्षन पत्र बुझाउन लागेका थिए ।
आज राष्ट्रिय मानव अधिकार आयोगमा ध्यानाकर्षण पत्र बुझाउन जाँदा मानव अधिकार आयोगले पत्र नलिएपछि प्रदर्शनकारीहरुले पत्र च्यातेर बिरोध प्रर्दशन गरेका थिए ।
उनीहरु मानव अधिकार आयोगको भवन अगाडि बिरोध प्रदर्शन गरेका छन् । ललितपुरको पुलचोक स्थित राष्ट्रिय मानव अधिकार आयोग अगाडि बसेर प्रदर्शन गरेका हुन् ।
लामोसमय देखि आरतीको साहको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै पीडित परिवारले माइतीघर मण्डलामा धर्ना तथा प्रर्दशन गर्दै आएका छन् ।
प्रदर्शनकाक्रममा आरती शाहका भाइसँगै तीन जना पक्राउ परेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच