
काठमाडौं । सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केट एक आपसमा गाभिई सोमबारदेखि एलएस क्यापिटलका नाममा एकीकृत कारोबार सुरु गरेका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर २९ गते लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका नाममा कारोबार गर्ने स्वीकृति प्राप्त गरेको कम्पनीले प्रधान कार्यालय नयाँबानेश्वरमा आयोजित एक समारोहमा साविक लक्ष्मी क्यापिटल मार्केटका अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटलका अध्यक्ष अपछकुमार यादवले एकीकृत कारोबारको घोषणा गर्नुभएको हो ।
विगत तीन दशकदेखि सेवा प्रदान गर्दै आएकोमा दुई कम्पनी गाभिएपछि नवीनतम सेवा सुविधासाथ छुट्टै पहिचान स्थापित गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
मर्जरपछि राजीव सापकोटाले अध्यक्षको पदभार ग्रहण गर्नुभएको छ भने विजयलाल श्रेष्ठले प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारीलाई निरन्तरता दिनुभएको छ । मर्जरसँगै कम्पनीको एकीकृत चुक्ता पुँजी ४८ करोड ८९ लाख कायम भएको छ । कम्पनीले सर्वसाधारणका लागि दुई सयभन्दा बढी धितोपत्र निष्काशन, ४१ बोलपत्रमार्फत धितोपत्र निष्काशन र ५२ शेयर प्रत्याभूति व्यवस्थापन गरिसकेको जनाएको छ ।
साथै तीन सयजनाको करिब ६४ करोड रकम बराबरको पोर्टफोलियो व्यवस्थापन गरेको, नौ म्युचुअल फण्ड व्यवस्थापन गरिसकेकोमा हाल एक खुल्लामुखी म्युचुअल फण्डसहित सातवटा म्युचुअलफण्ड व्यवस्थापन गर्दै आइरहेको छ । ३२ कम्पनीको शेयर रजिष्ट्रारको काम गरिरहेको र तीन लाख ३० हजारभन्दा बढी डिम्याट खाता खोल्न सफल भएको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच