काठमाडौं । एक्सेल एण्डइलिभेट २०८०/८१ भन्ने नाराका साथ नेशनल लाइफ इन्स्योरेन्सले तीन दिने इम्प्लोइ स्कील इनहृयान्समेण्ट वर्कशप चितवनमा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धिका लागि जीवन बीमा व्यवसायसँंग सम्बन्धित विभिन्न पक्षबारे विवेचना गरी आगामी वर्षको लागि तय भएको व्यावसायिक लक्ष्य र रणनीतिसँग प्रशिक्षित गराउने उद्देश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
विभागीय प्रमुख तथा देशैभरीबाट प्रशासनिक कर्मचारी गरी दुई सयभन्दा बढीको सहभागिता रहेकोे कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमा व्यवसाय प्रतिस्पर्धात्मक र जटिल हुँदै गइरहेको विद्यमान अवस्थामा आफ्नो दक्षता, मिहिनेत र आपसी समन्वयबाट कम्पनीको व्यावसायिक लक्ष्य हासिल गरी बीमा बजारमा अग्र स्थानमा पुर्याउन मार्केटिङ कर्मचारीको जत्तिकै भूमिका प्रशासनिक कर्मचारीको पनि हुने भन्दै सबैले आ-आफ्नो जिम्मेवारी वहन गर्दै अधिकतम प्रयास गर्नुपर्ने बताउनुभयो ।
सहभागी कर्मचारीलाई चर्चित मोटिभेसनल स्पिकर मानसी अग्रवालले मोटिभेसनल तथा स्किल डेभलपमेण्टसम्बन्धी प्रशिक्षण दिनुभएको थियो भने नेपाल बीमा प्राधिकरणका सुदूरपश्चिम प्रदेश प्रमुख हृदयश्वर पण्डितले बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण गर्नसक्नेतर्फ सचेत रहन आग्रह गर्दै राष्ट्रिय हितका लागि आतंकवादी वित्तीय लगानी रोक्नु सबैको कर्तव्य भएको बताउनुभयो ।
सो अवसरमा कर्मचारीको दक्षता जाँच लागि सहभागी प्रशासनिक कर्मचारीको परीक्षा सञ्चालन गरिएकोमा परीक्षाबाट प्रथम, द्वित्तीय र तृतीय हुन सफल क्रमशः सुरक्षा सिंह, चूडामणि गौतम र खगेन्द्र श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतले नगद पुरस्कारसहित सम्मान गर्नुभएको थियो । साथै देशभरिबाट उत्कृष्ट कार्य सम्पादन गर्ने पाँचजना प्रशासनिक कर्मचारी महेन्द्रनगर शाखाका ओमप्रकाश पाण्डे, तुल्सीपुर शाखाकी मीना चौधरी, कलंकी शाखाका रोशन शाक्य, इटहरी शाखाकी बन्दिता ढकाल र केन्द्रीय कार्यालयका नवराज थापामगर पनि सम्मानित हुनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच