✍️ डा. चन्द्रकुमार सेर्मा
तत्कालीन कैरात देश नेपाल अधिराज्यको पूर्वाञ्चल पल्लो किरात लिम्बुवानको मेची अञ्चल, जिल्ला पाँचथर थुम निबु उत्तर याम्बोङ (इम्बुङ)-२ को सानो रमाइलो याक्थुङ गाउँमा स्कुल पढ्ने अव्यवस्था, ग्रामीण लिम्बू समाजमा कुसंस्कार, कुसंस्कृति, अन्धविश्वास, रुढिवादी परिवेशमा हुर्कनु भएको दाउरा, घाँस, गाईबस्तु चराउनु, डण्डीबियो, छेलो, फाल्हान्नु, बाँसुरी बजाउनु, केलाङ, याराक्मा अर्थात् ढोल च्याब्रुङ घन्काउनु, धान नाच्नु, हलो, कुटे, कोदालो, मेलापात, खेतीपातीमा जानु सिवाय अरू उपमा थिएन ।
किरात वंश मनातेम्बेबाट सावायेत्हाङ मेसेर.....मेन्छाम्गेन नाम्याप्मीका कुलुशानवंशीहङ नै काल कालान्तरमा अन्ततः लाशावंशी भए । लाशाहाङ वंशवृक्ष लतिप्पा र चक्मिवा दुई शक्तिशाली याक्थुङबाका सन्तानहरू याङसोवा, सारताप्पा, फेजङ, नाम्लाक्पा र याङदेम्बामध्ये याङदेम्बा थरका सुब्बा भर्तदलको कान्छा छोरा महाचन्द्र, महाचन्द्रको जेठा छोराको रूपमा विसं १९७४ पौष १९ पान्थरमा आध्यात्मिक द्रष्टा रन्धोजको बाल्य स्वभाव गाउँघरका अन्य साथीभाइहरूभन्दा भिन्न प्रकृतिको थियो ।
किरात धर्म, भाषा, लिपि, संस्कृति, ज्योतिष, प्रचार गर्ने क्रममा पात्रो निकाल्ने, भाषा अन्वेषक युुरोपको विद्वान स्प्रिङ र उहाँको श्रीमती स्प्रिङलाई मुन्धुम सिकाउने, पाँचथर याम्बोङ-२ धारापानीमा सत्यहाङमा प्राथमिक विद्यालय स्थापनाका अंग्रज व्यक्तित्व रन्धोजको शिक्षामोह उच्च थियो ।
ज्ञानको प्यासले छटपटाएको बालकको बानी व्यहोरा, चरित्र, दार्शनिक लक्षणले प्रेरित, जिज्ञासु रन्धोजले तिलोकसिंह नेम्बाङबाट देवनागरि लिपि र बाजे रामचन्द्रबट किरात लिपि सिक्नुभयो । उमेर बढ्दै जाँदा, संयोगवस जग्गा मुद्दामा ताप्लेजुङ अमिनमा तारिख खेप्नुपर्दा त्यहीँ बसेर लेख्ने, पढ्ने कानुन साध्ने, वकालती बन्दोवस्त अध्ययन गर्ने र प्रशासन आदि इत्यादि स्याहा श्रेस्तादार हुने प्रविधिको ज्ञान सिक्ने अवसर पाएका रन्धोजले धेरै आधारभूत शिक्षा साधना गर्ने मौका मिलेको थियो ।
साङदाङगेन वारुमा (दीक्षाग्रहण)
विसं १९७० मा पितामाता सपरिवार किरात सामाजिक मुन्धुम अनुसार मुहिगम अङसीमाङ गुरु फाल्गुनन्दबाट साङदाङगेन वारुमधामा शब्दी एवं ध्यान, जप, तप, शिक्षा, दीक्षा, ग्रहण गरी जीवनमा नयाँ साधना प्रारम्भ भयो । त्यसबेला मुहिगुम अङ्सीमाङ फाल्गुनन्दले रन्धोजलाई विवाह नगर्ने सल्लाह दिनुभएको भए पनि पाँचथर चोकमागु गाविस जौबारीकी चन्द्रमती तुम्बापो र पछि तेह्रथुम आठराई निगुरादेनकी देवान याक्खामासँग दोस्रो पटक विवाह गर्नुभएको थियो ।
यद्यपि महागुरु तपस्वी फाल्गुनन्दको समीपमा रहेर अनेकौं ध्यान, ज्ञान र योगसाधनारत संसारिक व्यवहारमय रन्धोजले दैनिक एक छाकमात्र खाना खाने गर्नुहुन्थ्यो । विसं २०१५ कात्तिक २२ देखि हाङयकमुनि विशाल भीर ढुंगाको ओडारमा ६ महिना एकान्तमा गुफा बसी, आठ तले हाङसाम् थेबा साङ्बे बनाए सेवागरी सिद्धी प्राप्त गर्न र काठको फब्ल्याटो खोपेर किरात वर्णमाला, किरात मुन्धुम खाइक, ज्योतिष संग्रहजस्ता अति उपयोगी मुन्धुम ज्ञान सिद्ध गर्नुभएको साधनाज्ञान किरात समुदायको लागि अनमोल उपहार, ज्ञानको मोती तथा किरातको साझा सम्पत्ति भएको छ उहाँको सिद्धि साधना गुफास्थल अध्ययन र अनुसन्धान गरी एउटा ग्रन्थ संग्रह गरे शोधमुलक हुनेछ ।
किरात धर्म, भाषा, लिपि, संस्कृति, ज्योतिष, प्रचार गर्ने क्रममा पात्रो निकाल्ने, भाषा अन्वेषक युुरोपको विद्वान स्प्रिङ र उहाँको श्रीमती स्प्रिङलाई मुन्धुम सिकाउने, पाँचथर याम्बोङ-२ धारापानीमा सत्यहाङमा प्राथमिक विद्यालय स्थापनाका अग्रज व्यक्तित्व रन्धोजको शिक्षामोह उच्च थियो । शिक्षाप्रेमी ज्योतिषका ज्ञाता रन्धोजद्वारा स्थापना गरिएको स्कुल हाल उच्च माविमा परिणत भई सिएसम्म अध्ययन अध्यापन गरिन्छ । यिनै फाल्गुनन्दको उपनाममा सत्यहाङमा रहन गएको इतिहास युगयुगसम्म अमर रहन्छ ।
कृतिहरू :
१. तुम याक्थुङ निङवाफू साप्ला
२. किरातेश्वर याक्थुङ साप्ला
३. लिङ्योक कोतुम
४. किरात याक्थुङ इछाप
५. मुन्धुम खाइक पुस्तक लेखेर काँचोताउरूपी कागजमा लेखी मूल माउ तयार गर्ने किरात ज्योतिषको प्रथम प्रतिपादक नै उनी हुन् भन्दा अत्युक्ति हुने छैन ।
आजसम्म उहाँको विषयमा लेखिएका रन्धोजको जीवनी मलिसा याक्थुङ्बाबाट र नेपालसरकार शिक्षा तथा खेलकुद मन्त्रालय पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशन भएको ‘आनी चोवा साम्वाङ’ मुन्धुम पुस्तकमा १० जना लिम्बूहरूको जीवनीमा रन्धोजको पनि समावेश भएको छ ।
पाण्डुलिपि, हस्तलिपि तथा महागुरु फाल्गुनन्दद्वारा प्रतिपादित मुन्धुमहरू ९/१० थान सम्पादन गर्ने, लेख्ने, टिपोट गर्ने काम गर्नु भएको र विसं १९८८ वैशाख २४ गते पाँचथरको लब्रेकुटीमा १७ थुम १० लिम्बुवानको बृहत् चुम्लुङले निर्णय गरेका सात बुँदे सत्यधर्म मुचुल्कालाई कार्यान्वयन गर्ने अहम् भूमिकाका संवाहक रन्धोजको एकान्त साधना गुफा लाबेलुङधुङ ओडारबाट गणितीय ज्ञान, फलित ज्ञान, सैद्धान्तिक ज्ञान, साधना गर्नुभएको त्यस क्षेत्रको अनुसन्धानको आवश्यकता खट्किएको छ । महागुरु फाल्गुनन्द साथमा घुमी घुमी किरात धर्म र ज्योतिषको प्रचारक ज्योतिर्विज्ञानका साधकले आफ्नो मृत्युवरणको पनि भविष्यवाणी गर्नुभएको आसपासमै वि.सं. २०१८ मंसिर २१ गते हरिबोधिनी एकादशीको पवित्र तिथिमा ४४ वर्षको अल्पायुमै तीन छोरा, दुई छोरी, दुई श्रीमतीलाई छोडी परमधाम हुनुभयो । उहाँका पाण्डुलिपिहरू बैरागी काइला, चन्द्रकुमार सेर्मा, ज्ञानोदय लाओती, वीर नेम्बाङ, विरही काँइला लगायतसँग रहेको पाइएको छ, सो पाण्डुलिपिहरू भेला गरी विश्लेषण गर्न र पुस्तकको आकारमा प्रकाशन गर्न जरुरी छ ।
आजसम्म उहाँको विषयमा लेखिएका रन्धोजको जीवनी मलिसा याक्थुङ्बाबाट र नेपालसरकार शिक्षा तथा खेलकुद मन्त्रालय पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशन भएको ‘आनी चोवा साम्वाङ’ मुन्धुम पुस्तकमा १० जना लिम्बुहरूको जीवनीमा रन्धोजको पनि समावेश भएको छ । आज उहाँको जन्मदिनमा जन्मजयन्ती मानेर मात्र हाम्रो कर्तव्य पुरा हुँदैन । उहाँप्रति श्रद्धा, आस्था र विश्वास दर्शाउन राज्य र जनताहरूको माझमा निम्न चुनौतीलाई सामना गर्दै अमर व्यक्तित्व, किरात युगपुरुष, ज्योतिर्विद, मुन्धुमविद् र किरात ज्योतिष विभूति बनाउनका लागि निम्न कार्यहरू सम्पन्न गर्ने ज्ञानसार, ज्योतिषसारका अपरिहार्य शसिमुन्धुम दर्शनशास्त्र प्रतिपादन गरी उहाँको नाम अमर राखेमा अमूल्य योगदानको उचित कदर गरेको ठहरी रन्धोजको सपना पूरा भएको मानिनेछ ।
कार्य :
१. किरात ज्योतिर्विद खाइकसावा रन्धोज प्रतिष्ठान स्थापना
२. किरात ज्योतिष विद्यालय प्राइमरीदेखि विश्वविद्यालयसम्म स्थापना
३. रन्धोजको चित्रांकित हुलाकटिकट तथा जीवनी प्रकाशन, नेपाली अंग्रेजी र किरातीमा
वर्तमान सन्दर्भमा पहिलो चरणमा यही पाँच बुँदे विषयअन्तर्गत केन्द्रीभूत रहेर कार्य संयोजन गर्न रन्धोज प्रतिष्ठानसमितिको पहलकदममा वा किरात ज्योतिष उत्थान संघको अगुवाइमा अगाडि बढ्न सम्पूर्ण किरात तथा ज्योतिष एवं दाजुभाइ दिदीबहिनी तथा शिक्षा र ज्योतिषप्रेमी सबैलाई सप्रेम आहृवान गर्दछौं । अन्त्यमा उनै नेम्वाङको १०३औं जन्म जयन्तीको अवसरमा उहाँप्रति आस्था, श्रद्धा, भक्तिपूर्वक हार्दिक श्रद्धाञ्जलि सेवारो चढाउँछु । रन्धोज नेम्वाङ-अमर रहून ।
(लेखक मुन्धुमविद एवं ज्योतिर्विद हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच