
काठमाडौं । चलचित्र ‘चित्रा’को प्रिमियर गरिएको छ । सोमबार साँझ काठमाडौंको बिग मुभिजमा यसको प्रिमियर गरिएको थियो । प्रिमियरमा चलचित्रकर्मी तथा पत्रकारहरूको बाक्लो उपस्थिति थियो ।
प्रिमियरमा गौरी मल्ल, भुवन केसी, नरेश पौड्याल, दीपाश्री निरौला, निर्मल शर्मा, प्रदीप भारद्वाज, निर्मात्री शर्मिला पाण्डे, निर्देशक दीपेन्द्र के खनाल, ज्ञानेन्द्र देउजा, नबल नेपाल, निर्देशक तथा अभिनेता सुरज पाण्डे, नरेन खड्का, रोहित रुम्बा, निर्मल शर्मा ‘गैंडा’लगायत चलचित्रकर्मी र रंगपत्रकारको बाक्लो उपस्थिति थियो । प्रिमियरमा उहाँहरूले चलचित्रको तारिफ गर्नुभएको थियो ।
घनश्याम लामिछाने निर्देशित यो चलचित्र यही शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । बाबु र छोरीको विषयमा निर्माण भएको चलचित्रमा सन्तोष अधिकारी, प्रमोद अग्रहरि, अर्पण थापा, मेनुका प्रदान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकालको अभिनय छ ।
महेश पौडेलको छायांकन रहेको यो चलचित्रमा राजनराज सिवाकोटीको संगीत र मनिष गौतमको पटकथा एवं संवाद छ । आशिष थापामगर निर्माता, सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको यो चलचित्र नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्रीकृष्ण फिल्मस्ले लिएको छ । फिल्मको अष्ट्रेलियाको अधिकार अविनाश रोकामगरले लिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच