मिडल्सब्रगसँग चेल्सी पराजित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले इएफएल कपको सेमिफाइनलमा पहिलो हार बेहोरेको छ । चेल्सी च्याम्पियनसिप क्लब मिडल्सब्रगसँग १–० ले पराजित भएको हो ।

खेलको पहिलो हाफमा मिडल्सब्रगका हेडेन ह्याक्नीले गरेको गोल नै जितका लागि निर्णायक बन्यो । उनले ३७औं मिनेटमा आइसेह जोन्सको पासमा गोल गरेका थिए ।

एक गोलले पछि परेको चेल्सीले ७२ प्रतिशत बल पोसेसन राखेपनि मिडल्सब्रगको बलियो रक्षापङ्ति तोड्न नसक्दा पहिलो लेगमा स्तब्ध बन्न पुग्यो । अब दोस्रो लेगको खेल २४ जनवरीमा हुनेछ । यस खेलमा स्पष्ट २–० को जित निकाल्न सके चेल्सी फाइनलमा पुग्नेछ ।

बराबरी र हारको नतिजाले चेल्सी सेमिफाइनलबाटै बाहिरिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?