दाग लागेका अनुहारहरू सम्झेर !

डा. नारायण चालिसे
Read Time = 19 mins

राष्ट्रसँग जोडिएका तर हामी निजी कुरा गर्न स्वतन्त्र छौँ वा सार्वजनिक जीवनमै पनि म हरेक दृष्टिले परिमल छु । मलाई कुनै प्रकारको दाग लगाउने प्रामाणिक आधार छैन । छन् भने पुष्टि गरेर देखाऊ भनेर दाबी गर्ने व्यक्तिहरूले प्रकट गर्ने गरेका व्यवहार, उनीहरूको बोलीचाली उनीहरूका आचारण, उनीहरूको नैतिक धरातल, उनीहरूको ज्ञानको अवस्था, उनीहरूको सोचाइको तह र त्यसबाट समाजमा पर्ने गरेको प्रभाव आदिको अवस्था हेरेर म आज यी कुरा गरिरहेको छु । राष्ट्रमा अहिले मानिस नामका चित्रले देखाएका चरित्रहरू उदेक लाग्दा छन् । धार्मिक अनाचार, आर्थिक भ्रष्टाचार, सांस्कृतिक विचलन, सामाजिक विखण्डन, राजनीतिक बेइमानी, नैतिक पतन, चारित्रिक स्खलन आदि सहनै नसकिने विकृतिहरू बढिरहेका छन् ।

म यो आलेख लेखिरहँदा यसै हप्ता चारित्रिक रूपमा खुइलिएका हिजोसम्म सुकिलाजस्ता लाग्ने केही व्यक्तिका अनुहारहरू सम्झिरहेको छु । यिनीहरू केवल दृष्टान्तमात्र हुन् अझै पनि इमानदारीको मखुण्डोभित्र धेरै त्यस्ता सुकिला लाग्ने अनुहारहरू लुकेकै छन् तिनलाई पनि सद्बुद्धि प्राप्त होस् । समाजका सामु आफ्नो ध्वाँसे अनुहारलाई माक्सले छोपेर अदालत वा कठघरातिर जान नपरोस् । विडम्बना त के छ भने राष्ट्रको नेतृत्वमा बस्नेहरूले हाकाहाकी यस्तै कुरालाई प्रश्रय दिइरहेका छन् ।

मानिसलाई चिनाउने तत्व नै सायद मानिसको व्यक्तित्व हो । अन्य आकार त धेरैको मिल्दोजुल्दो पनि हुन्छ । व्यक्तित्वले ती धेरै आकारबाट मानिसलाई छुट्टै चिनाउँछ । व्यक्तित्वको प्रतिबिम्बन चरित्रमा हुन्छ । त्यसैले चरित्रमा मानिस प्रायः सजग हुन्छ । 

मानिस आफैँमा चल्ने चित्र रहेछ । चलचित्रमा प्रविधिले चलाएझैँ वास्तविक जीवनमा चरित्रले मानिसलाई चलाउँदो रहेछ । परिचालक नै चरित्र हुने अवस्थामा मानिसले चरित्रलाई कुन रूपमा लिने भन्ने कुरा धेरै नै महत्त्वपूर्ण हो । मलाई किन हो किन बुद्धि, विवेक, चरित्र, शीलस्वभाव, आचरण आदि कुराहरू राम्रो अर्थमा मात्रै सुन्दर हुन्छन् यी शब्दसँग नराम्रो भाव जोडिनै हुँदैन भन्ने जस्तो लाग्छ । अर्थात् यस्ता शब्दहरू भनेका सकारात्मक राम्रा लाग्छन् । तर त्यतिमात्र अर्थ गरेर सुख पाइँदो रहेनछ । बुद्धिको कुरा गर्दा असलबुद्धि र खराबबुद्धि, विवेकको अगाडि ‘अ’ उपसर्ग थपेर अविवेक, चरित्रका प्रकार बनाएर असल चरित्र र खराब चरित्र आदि भनेर पनि पढ्न पर्दो रहेछ । यी शब्दका विकल्प नै नराखेको भए त त्यस प्रकारको व्यवहार नै हुँदैनथ्यो कि भन्ने जिज्ञासा जन्मिन्छ ।

अनि आफ्नै नादान जिज्ञासा सम्झेर खुम्चिन्छु । त्यस्तै मेरो अर्को पनि नादान तर्क छ बुद्धि, विवेक, चरित्र, आचरण, शील जस्ता कुराहरू अप्ठ्यारोमा बस्छन् त्यसैले कष्टसाध्य छन् । यी कुराहरू पाउन नैतिकताको उकालो बाटो हिँडेर जानुपर्छ । कष्टपूर्ण नैतिकताको उकालो चढ्न सबैले सक्दैनन् त्यसैले यी सहज प्राप्य हुँदैनन् । कष्टसाध्य कुरा पाउन त्याग, निष्ठा, तपस्या चाहिन्छ त्यो सामथ्र्य सबैमा हुँदैन त्यसैले धेरै मानिसले यी कुरा पाउन सकदैनन् । पाएँ भन्ने अहङ्कार तसायद सबैमा हुन्छ तर थोरैले मात्र यसको सम्मान गर्न सकेका हुन्छन् ।

यद्यपि मानिसभित्र सबै प्रकृतिका मानवीय भावहरू सधैँ विद्यमान हुन्छन् । सूक्ष्म रूपमा रहने यी मानवीय भावहरू नै मानिसको पूर्णताका आधारहरू हुन् । आफूभित्र रहेका भावहरूलाई समय र परिस्थिति अनुसार प्रकट गर्ने वा नगर्ने बुद्धि, विवेक र चेतनाले नै मानिसलाई समयानुकूल उभ्याउने हो । यदि समयानुकूल नभएर यिनै भाव बाहिर आउन थाले भने मानिस समयको चपेटामा पर्छ । मानिसको चरित्रका विभिन्न अनुकूल र प्रतिकूल पक्षहरूमध्ये मानिसले आफ्नो आचरण र व्यवहारलाई परिमल राख्न सकेन भने त्यसले व्यक्ति आफूलाई मात्र होइन उसँग कुनै न कुनै रूपले जोडिएको समाज, परिवेश र राष्ट्रलाई समेत क्षय हुन पुग्छ । मानिस व्यक्ति त हो तर मानिसको स्वभाव वा मानिसको पूर्णता समाजसँग जोडिएको हुन्छ ।

हामीलाई लाग्छ कसैको निजी जीवनले हामीलाई के प्रभाव पार्ला र ? तर त्यस्तो हुँदो रहेनछ । मानिस एक्लो हुँदैनरहेछ उसले माफूसँग समाज, जीवन र राष्ट्रको चरित्रको अंश बोकेरै हिँड्दो रहेछ । जब एक्लो भनिएको मानिस नै समाजको मानिस बन्छ अनि उसको स्वभावको प्रतिबिम्ब समाजमा परेको हुन्छ । त्यसैले हामीले सानो भनेर छाडिदिएको त्रुटिले कुनै दिन ठूलो प्रभाव पार्दो रहेछ ।

मानिसलाई चिनाउने तत्त्व नै सायद मानिसको व्यक्तित्व हो । अन्य आकार त धेरैको मिल्दोजुल्दो पनि हुन्छ । व्यक्तित्वले ती धेरै आकारबाट मानिसलाई छुट्टै चिनाउँछ । व्यक्तित्वको प्रतिबिम्बन चरित्रमा हुन्छ । त्यसैले चरित्रमा मानिस प्रायः सजग हुन्छ । भनिन्छ अरू धेरै कुरा किन्न मिल्छ तर चरित्र किन्न मिल्दैन । तर हिजो आज चरित्र पनि सस्तै मूल्यमा किनेर मानिसले सजाउन थालेको देखिन्छ । चरित्र भन्नेबित्तिकै मानिसलाई यौनसँग जोड्ने पनि चलन हुनछ । निश्चय पनि यौनसँग चरित्रले नजिकको नाता राख्छ तर चरित्र यौनका कारणले मात्र बद्नाम हुने कुरा होइन । मानिसको हरेक आचरणसँग चरित्रको सम्बन्ध हुन्छ ।

मानवीय जीवनका हरेक पाइलामा सदाचारका कुरा जोडिएका हुन्छन् । मानिस कसरी बोल्ने ? कसरी व्यवहार गर्ने ? कस्तो आहारविहार गर्ने ? कस्तो बोलीचाली गर्ने ? कुनकुन कर्म गर्ने ? केकस्ता कर्म नगर्ने ? इत्यादि धेरै कुराको ज्ञान मानिसले जन्मैदेखि परिवार, कुलकुटुम्ब, इष्टमित्र स्वजन, समाज आदिबाट अनौपचारिक रूपमा पनि सिक्दै आएको हुन्छ त्यसमाथि राष्ट्रले ठूलो लगानी लगाएर विद्यालय, महाविद्यालय लगायतका ठाउँहरूबाट औपचारिक रूपमा शिक्षा दिइरहेको पनि हुन्छ । यिनै धेरै कुराहरूको समष्टि परिणाम निर्माण भएको मानिसले आफ्नो असल आचरण, शीलस्वभाव, आनीबानी, व्यवहार, कर्म वा चरित्रबाट परिवार, समाज वा राष्ट्रलाई गुन तिर्न सक्नुपर्दछ ।
जब मानिसलाई आफ्नै चरित्र पनि खेलको विषय हो कि झैँ लाग्छ अनि मिथ्याभिमानका शृङ्खला थालिन्छन् । चरित्र र आचरण मानिसका सबैभन्दा मूल्यवान् विषय हुन् पनि भनिन्छ । मानिसको चालचलन, बानीबेहोरा र मानिसबाट हुने व्यवहारको नाम चरित्र हो । त्यति ठूलै कुरा पनि होइन चरित्र जसलाई बोकेर हिँड्नै गाह्रो होस् । निभाएरै बस्न पनि नसकियोस् तर किन रहेछ कुन्नि मानिसलाई आफ्नै चरित्र वा आचरणसँग खेलौँखेलौँलाग्दो रहेछ ।

त्यसैले बजारमा अनेक किसिमका हल्लाहरू फिजिन्छन् मानिसका बारेमा । शान्त भएर निभाउँदा केही विशेष नलाग्ने अलिकति तोडमरोड भएपछि चर्चा पाउनुपर्ने विषय पनि रहेछ चरित्र । चर्चा मनपर्नेहरू र चरित्रप्रति सजग बस्न नपर्नेहरूको एकप्रकारको व्यवशाय पनि रहेछ । चरित्र शब्दार्थमा भन्दा तात्पर्यार्थमा बढी गम्भीर लाग्छ । मानिसको चरित्रलाई उसका जीवनका कर्मसँग जोडेर वा उसको चालचलनसँग जोडेर गरिने तात्पर्यार्थ शब्दार्थभन्दा बढी गहकिलो हुँदै जान्छ । र मानिसको आचरणमा आउने परिवर्तनसँग जोडिएपछि झन् चरित्र र आचरण शब्दका अर्थहरू झनै गम्भीर भएर प्रकट हुन्छन् ।

चरित्रका राम्रा र नराम्रा प्रकारहरूका बारेमा जब व्याख्या हुन्छ र यिनका प्रकार्यगत भेदसँग मानिसको चरित्रको तुलना थालिन्छ अनि चरित्र पनि शोधको विषय बन्छ । मानिसको चरित्र सायद सधैँ परीक्षणकालमा हुन्छ । दैनिक जीवनको व्यवहार गर्दाका हरेक समय र परिस्थितिमा मानिसलाई अग्निपरीक्षा लिन मानिसकै चरित्र र आचरणको प्रयोग गरिँदो रहेछ । हिजोसम्म ठीकै छ भनेको मानिस पनि आज बिहानै खुइलिएको समाचार आएपछि लाग्छ चरित्रको रूपान्तरणको कुनै समय र सीमा पनि रहेनछ ।

चरित्रसँग जोडिएर आउने दोषपक्ष नै हो मानिसलाई सत्ताच्युत गराउने । चरित्रमा गुणदोष रहन्छन् । गुणलाई ग्रहण गर्ने र दोषलाई त्याग्न सक्ने शक्ति र सामथ्र्य रहृयो भने मानिस अडिन सक्यो । चरित्रलाई दोषले ढाक्यो भने मानिस बग्यो । मानिस ईश्वर वा दानव दुबै नभएकाले आंशिक दोषले युक्त प्राणी हो भन्ने त सबैले मानेकै कुरा हो । जब यही दोषयुक्त मानिस पनि चेतना, बुद्धि र विवेकको प्रयोगद्वारा आफूलाई संयमित राख्न सकेको छ भने ऊ बाँच्यो अन्यथा उसको चरित्रले उसलाई माहृयो ।

आलोचनासँग डराउनेहरू गल्ती कमजोरीबाट पनि डराउँछन् । परिबन्दमा यदाकदा असल मानिसले चरित्रको क्षय बेहोर्नुपर्छ । त्यसबाहेक अधिकांश मानिसका बारेमा आउने गरेका धेरै कुराहरूका भित्र सत्यताको मात्रा रहेकै हुन्छ । तर जसलाई आलोचनासँग पनि डर छैन उसले आचरणमा पनि ध्यान दिन आवश्यक ठान्दैन । 

अहिले हाम्रो समाज यसरी नै चरित्रको स्खलनको चरणमा छ । बेलाकुबेला हाम्रा आदर्शहरू त्यसरी नै स्खलित भइरहेका छन् र हामी टुलुटुलु यो दृश्य हेर्न बाध्य छौँ । हामीलाई लागेको पनि छ यस परिस्थितिको खुलेरै प्रतिकार गरौँ तर हामीले विभिन्न कारणले सकिरहेका छैनौँ । र, सहन पनि गाह्रो परिरहेको छ । मानिस कतै धनका खातिर चरित्र डुबाएका छन् । कतै नामका खतिर कतै इमानका खातिर कतै यौनका खातिर कतैमानका खातिर । मानिसको चरित्र र आचरण कमजोर भएपछि आउने विकृतिहरूले समाज र जीवनलाई नै डस्न थालेपछि व्यक्ति चरित्र सार्वजनिक सरोकारको विषय बन्दोरहेछ । चरित्र र आचरण केही हदसम्म निजी विषय पनि हुन् ।

त्यसैले मानिसको आचरण र चरित्रका विषयमा बोल्न विचार पुर्‍याउनुपर्छ । विचार नपुर्‍याएर बोलिहाल्न पनि हुन्न । लेखिहाल्न पनि त्यसैले मन लाग्दैन । एउटा सानो त्रुटिले ठूलो परिणाम निम्त्याउन सक्छ । रिस, आवेग, प्रतिशोध वा उत्तेजनामा आएर कसैको निजी जीवनमाथि हिलो छ्याप्न अघि सर्न हुँदैन । तर मानिसलाई सबैभन्दा सजिलो पनि चारित्रिक रूपले नङ्ग्याउन हुन्छ । तसर्थ प्रतिशोध लिन पर्ने कोही पनि मानिस हतार गरेर मानिसको चरित्रमै आक्रमण गर्न तम्सिन्छन् । अनि चरित्र र आचरणमा सम्वेदनशीलहरू यस विषयमा सचेत पनि हुन्छन् । यदाकदा असल मानिसबाट पनि त्रुटि र कमजोरी हुन्छन् ।

आलोचनासँग डराउनेहरू गल्ती कमजोरीबाट पनि डराउँछन् । परिबन्दमा यदाकदा असल मानिसले चरित्रको क्षय बेहोर्नुपर्छ । त्यसबाहेक अधिकांश मानिसका बारेमा आउने गरेका धेरै कुराहरूका भित्र सत्यताको मात्रा रहेकै हुन्छ । तर जसलाई आलोचनासँग पनि डर छैन उसले आचरणमा पनि ध्यान दिन आवश्यक ठान्दैन । आचरण जसरी मानिसको गहना हो त्यसरी नै मानिसको कमजोरी पनि हुने गरेका यथार्थहरू बाहिर आएपछि कतिपय मानिसप्रतिको धारणा फेरिन्छ । घिनलाग्ने गरी जब मानिसको चरित्र नांगो भएर उभिन्छ बिझाउने गरी आउँछन् धेरै प्रतिक्रियाहरू पनि ।

आचरण र चरित्र व्यक्तिगतबाट माथि उठेर सार्वजनिक भएपछिका कुरा झनै पेचिला हुने रहेछन् तर जब त्यही पेचिलो परिस्थितिमा पनि हामी मनोविनोद गरेर रमाउन खोज्छौँ अनि हाम्रो अस्तित्वको उपेक्षा सुरु हुन्छ । आज पनि निजी चरित्र र आचरणबारे धेरै मानिस सचेत छन् । ससाना कुराहरूमा आफ्नो नैतिक बल कतै कमजोर भयो कि भनेर डराउनेहरू पनि छन् । तर, जब तपाइँ हाम्रो निजी चरित्र र आचरण हामी सबैको चरित्र र आचरण बनेर सार्वजनिक सरोकारको विषय बन्छ अनि बोल्न पर्छ । महोदय यसरी आचरणलाई सस्तोमा लिलाम नबनाउनुहोस् । तपाईको चरित्रमा राष्ट्रको चरित्र र तपाईको आचरणमा राष्ट्रको आचरण जोडिएपछि कुरा बढी सम्वेदनशील हुन्छ । मानिसको कर्मको गतिलाई रोक्ने वा प्रगतिमा व्यवधान गर्ने चरित्र त्यति अप्ठ्यारो कुरा त केही होइन । कुन्नि किन मानिसले यसैलाई आफ्नो प्रगतिको बाधक ठान्छन् र यसैलाई फालेर छरितो हुन चाहन्छन् ।

बरु चरित्र त मानिसको त्यो सौन्दर्य हो जसलाई जतन गरेर राखियो भनेमात्रै मानिस सधैँ सुन्दर रहिरहन सक्छ । र त्यतिविधि चरित्रलाई अर्घेलो बनाएर मानिसले कस्तो उन्नति चाहेको होला ? अलिकति पाइला अग्लियो कि मानिसको उसलाई आफ्नै चरित्र भारी हुन थाल्छ र त्यसैलाई फालेर मनको बोझ हलुका पार्नतिर सुरिन्छ । राष्ट्रका मानक बिम्बहरू ओरालो गतिमा गइरहँदा पनि विभिन्न स्वरूपमा नीरोहरू बाँसुरी बजाएरै आनन्द लिइरहेको देख्दा अबको विकल्प के हुन सक्छ ? भन्ने यक्ष प्रश्न झरिलो भएर आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *