दाङ दुर्घटना : मुख्यमन्त्रीद्वारा घाइतेको उपचारमा विशेष ध्यान दिन निर्देशन

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गएराति दाङको भालुवाङमा राप्ती पुलबाट नदीमा बस खसेर भएको दुर्घटनाबाट आफू मर्माहत भएको  बताउँदै घाइतेहरुको उपचारमा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री चौधरीले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । उहाँले आज एक विज्ञप्ति जारी गरी दुर्घटनामा ज्यान गुमाएकाहरुका परिवारजनमा शोक व्यक्त गर्नुभएको छ ।

नेपालगञ्जबाट काठमाडौं गइरहेको यात्रुवाहक बस दाङको भालुवाङस्थित राप्ती नदीमा शुक्रबार राति खस्दा  त्यसमा सवार १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाएका आठजनाको सनाखत भएको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?