बक्सिङ खेलाडी गोसाई मृत फेला

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । २८ वर्षीय बक्सिङ खेलाडी निता गोसाई मृत फेला परेकी छन्। उनी सशस्त्र प्रहरी बल (एपीएफ) की सिपाहीसमेत हुन् ।

उनी भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ ८ बजे आफ्नै घरको छतमा रहेको जस्ताको डन्डीमा पासो लागेको अवस्थामा गोसाई मृत भेटिएकी हुन्।

गोसाई मृत फेला परेपछि प्रहरीले एक पुरूषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

गोसाईका परिवारले ती पुरूषविरूद्ध आत्महत्या दुरूत्साहन कसुरमा जाहेरी दिएका छन्।

नवौँ राष्ट्रिय खेलकुदमा उनी ५४ केजी तौल समूहमा रजत पदक जित्न सफल भएकी थिइन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?