गायक राजन गुरूङले ल्याए ‘साँझको बेला’

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 2 mins

स्याङ्जा । नेपाली लोकगीतका सर्जक तथा गायक राजन गुरूङ भन्ने बित्तिकै धेरैले उहीँ खोलीमा पानी गीत सम्झिन्छन् । उहीँ खोलीमा पानी उहीँ खोलीमा माछा गीतबाट नेपाली लोक सङ्गीतका क्षेत्रमा बेग्लै पहिचान बनाइसकेका गुरूङले यतिबेला नयाँ गीत 'साँझको बेला' मा स्वर दिएका छन् ।

नेपाली लोकसङ्गीतमा धेरै सङ्ख्यामा गीत प्रकाशन गर्ने गायक तथा कलाकारहरूका बिचमा थोरैमा स्वर दिएर पनि आफूलाई स्थापित गर्न सफल गायक हुन् गुरूङ । कास्कीको घान्द्रुक पुर्ख्यौली घर भएका गुरूङ चर्चित भएर पनि मेला महोत्सवमा सहभागी नहुने गुरूङले हालै मात्र आफ्नो अफिसियल युट्युबमार्फत् साँझको बेला बोलको गीत सार्वजनिक गरेका छन् ।

गुरूङको यो गीत स्व.तीर्थबहादुर गन्धर्वको गीतलाई उनकै छोरा कुमार गन्धर्वको अनुरोधमा गायक वसन्त थापाद्वारा नयाँ शब्द संयोजन गरी बजारमा ल्याइएको हो । यो गीतमा राजन गुरूङ र सुनिता क्षेत्री बुढाको स्वर रहेको छ भने भिडियो निर्देशन मौसम हिमालीको छ ।

यो गीत नेपालकै पहिलो होमस्टे तथा सुन्दर पर्यटकीय गाउँ स्याङ्जाको सिरूबारीमा छायाङ्कन गरिएको हाे । गीतमा सिरूबारी गाउँका प्राकृतिक तथा मानव निर्मित संरचनाहरूका दृश्यावलीहरू कैद गरिएकाले गीत अझै सुन्दर बन्न पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?