काठमाडौंका बिरामी अस्पताल [फोटोफिचर]

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । मानिसहरू बिरामी भएपछि उपचारका लागि जाने पहिलो ठाउँ भनेको नै अस्पताल हो । अस्पतालमा चिकित्सकको सेवा पाएपछि नै मानिसहरु स्वस्थ हुन्छन् र आफ्नै दिनचर्यामा फर्किन्छन् ।

गुणस्तरहीन खानेकुरा, अस्वच्छ खानेपानी, सडकको धुवाँ, धुलो र पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण मानिसहरु धेरै बिरामी हुने गरेका छन् ।जसका कारण पनि मानिसहरु केही न केही रोग लिएर बाँचेका छन् । त्यसैले पनि स्वास्थ्यचौकी र अस्पताल पुगेर महिनामा आफ्नो स्वास्थ्यको चेकजाँच गर्नैपर्ने बाध्यता छ ।

स्वास्थ्य सेवा दिने क्षेत्र नै अस्वस्थ भएपछिको अवस्था कल्पना गर्न सकिँदैन । स्वस्थ बन्न जाने ठाउँ नै अस्वस्थ भएपछि अर्थात उपचार लिन जाने ठाउँ नै बिरामी भएपछि के होला ? हामी सोच्न सक्दैनौँ । तर यी दृश्यहरु हेर्दा लाग्छ, काठमाडौं उपत्यकाका केही अस्पतालहरु आफैँ बिरामी छन् ।

अस्पतालको परिसरमा बिरामी कुरुवाहरुका लागि राखिएको कुर्सी, परिसरमा फालिएका स्वास्थ्य सामग्री, सेवा दिन सूचनाका रुपमा राखिएका प्लेकार्डहरु, पुराना स्वास्थ्य सामग्रीहरु यत्रतत्र फालिएको देख्न सकिन्छ । अस्पतालमा परिसरलाई बिरामी बनाइरहेका यी काम सकिएर फालिएका सामग्रीहरुको उचित व्यवस्थापन हुन सकेको छैन ।

अस्पतालेको यो अवस्था देख्दा उपचार गर्न जाने ठाउँ नै बिरामी भएको जस्तो भान सबैलाई हुन्छ नै । न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका अव्यवस्थित अस्पतालका केही तस्बिरहरु आजको फोटोफिचरमा ।

तस्बिर : न्युज एजेन्सी नेपाल

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?