काठमाडौं । माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले जारी पुँजीको ३० प्रतिशत हुन आउने २५ लाख ८० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानीय बासिन्दा तथा सर्वसाधारणमा निष्कासन गर्न एनआइएमबी एस क्यापिटलसँग सम्झौता गरेको छ ।
सोसम्बन्धी सम्झौतापत्रमा माउण्ट एभरेष्ट पावर डेभलपमेन्टका अध्यक्ष अर्जुनप्रसाद पौडेल र एनआइएमबी एस क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गर्नुभएको छ । माउण्ट एभरेष्ट पावर डेभलपमेन्टले दूधकुण्ड खोलाको पानी प्रयोग गरी १२ मेगावाटको दूधकुण्ड खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सोलुखुम्बु जिल्लामा अवस्थित उक्त आयोजनाको निर्माण कार्य ८० प्रतिशतभन्दा बढी पूरा भइसकेको पनि कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच