काठमाडौं । कोका-कोला बेभरेज नेपालले सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट र वाटर एड नेपालसँगको साझेदारीमा बालाजु पार्कमा ग्राउण्ड वाटर रिचार्ज प्रणाली जडान गरेको छ । कम्पनीले उक्त प्रणाली काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई हस्तान्तरण गरिएको छ । कोका-कोला बेभरेज नेपाल, सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सिआइयुडी) र वाटर एड नेपालले संयुक्तरूपमा हस्तान्तरण गरेको हो ।
सन् २०२३ को अक्टोबरमा सुरु भएको परियोजना माघ ५ गते सम्पन्न भएको हो । उक्त रिचार्ज प्रणालीमा २१ फिल्टर चेम्बर, २१ रिचार्ज इनार, दुई डिस्टिलिङ चेम्बर, ७५ फिटको रिचार्ज ट्रेन्च र सात बाँसको चेक ड्याम रहेका छन् । परियोजना सिआइयुडीको प्राविधिक सहयोग र बोटलर्स नेपाल तराईको आर्थिक सहयोगमा सम्पन्न भएको हो । प्रणालीले वार्षिक ३० हजार किलोलिटर पानी रिचार्ज गरी सो क्षेत्रको जमिनमुनिको पानीको मात्रा बढाउन मद्दत गर्ने अनुमान गरिएको छ ।
परियोजनाको मुख्य उद्देश्य बालाजु पार्क क्षेत्रको पानीको मात्रा कायम राख्दै त्यहाँका ढुंगेधारा, प्रसिद्ध बाइस धारा र सामुदायिक इनारको स्रोत पुनर्जीवित गर्नुमात्र नभई पानीको चरम अभाव सामना गर्न आवश्यक पर्ने पहलका लागि अन्य समुदाय र स्थानीय निकायलाई जिम्मेवार बनाउने समेत अपेक्षा गरिएको छ । उपमेयर डंगोलले काठमाडौंजस्ता शहरका लागि कृत्रिम ग्राउण्ड वाटर रिचार्ज अत्यावश्यक भएकाले आगामी दिनमा पनि सोही प्रकृतिका रचनात्मक रिचार्जको पहल कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच