
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई सात दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पौडेलद्वयलाई हिरासतमै राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको जानकारी दिनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका व्यक्तिविरुद्ध म्याद थप गर्दा सामान्यतः बहस गर्ने प्रचलन नभए पनि पौडेलद्वयका अधिवक्ताले हिरासतबाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका थिए ।
सेक्युरिटी प्रिन्टिङ घोटाला प्रकरणमा जोडिएपछि निलम्बनमा परेका पौडेलद्वयलाई अख्तियारले बुधबार पक्राउ गरी मुद्दा दायर गरेको थियो । अख्तियारले गत असोज १५ गते पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यस्तै, गत वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड मागदाबीसहित अख्तियारले दायर गरेको थियो ।
राहुल महरा कारागारमै
जिल्ला अदालत काठमाडौंको आदेश उच्च अदालत पाटनले सदर गरेपछि राहुल महरा कारागारमै रहने भएका छन् । भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल पुर्पक्षका लागि कारागारमा थिए ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले महरालाई पक्राउ गरेको थियो । महरालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामै राख्ने आदेश गरेको थियो । जिल्लाका उक्त आदेशविरुद्ध उनी उच्च गएका थिए । उच्चले पनि जिल्लाकै आदेश सदर गरेको छ ।
बिहीबार उच्च अदालतका न्यायाधीश अञ्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले जिल्लाकै आदेश सदर गरेको हो । महराविरुद्ध आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी र संगठित अपराधमा अभियोग कसुर लगाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच