काठमाडौं । मनकामना केबलकारका ग्राहकले मेरिना इम्पेक्समा २५ प्रतिशत छुट पाउने भएका छन् । मनकामना दर्शन प्रालि र मेरिना इम्पेक्सबीच बिहीबार भएको सम्झौताअनुसार मेरिना इम्पेक्समा जुनजुकै कपडा खरिद तथा सिलाइमा २५ प्रतिसत छुट पाउने भएका हुन् ।
सम्झौतामा मनकामना दर्शन प्रालितर्फबाट यशु श्रेष्ठ र मेरिना इम्पेक्सतर्फबाट रामप्रसाद अर्यालले हस्ताक्षर गर्नुभएको छ । छुट पाउन मनकामना केबलकारका ग्राहकले मनकामना दर्शन प्रालिले उपलब्ध गराउने कुपन पेश गर्नुपर्नेछ ।
त्यसैगरी मेरिना इम्पेक्सका ग्राहकले मनकामना केबलकार टिकट खरिदमा १० प्रतिशत छुट पाउनेछन् । जसका लागि मेरिना इम्पेक्सले आफ्ना ग्राहकलाई प्रत्येक बिल बराबर एउटा छुट कुपन उपलब्ध गराउनेछ । सोही कुपनका आधारमा मनकामना केबलकारले टिकटमा मेरिना इम्पेक्सका ग्राहकलाई १० प्रतिशत छुट दिने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच