
काठमाडौं । बंगलादेशको ढाकामा भएको बंगबन्धु सेख मुजिब ढाका म्याराथनको महिलामा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण जित्नुभएको छ । नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषीले निर्धारित ४२.१९५ किलोमिटर दूरी दुई घण्टा ४६ मिनेट २२ सेकेण्डमा पूरा गर्नुभयो । सोही स्पर्धामा पुष्पा भण्डारीले दुई घण्टा ४९ मिनेट ३४ सेकेण्डमा दूरी पार गर्दै रजत जित्नुभयो ।
पुरुषमा खडकबहादुर खड्का तेस्रो हुनुभयो । उहाँले निर्धारित दूरी दुई घण्टा १८ मिनेट ३२ सेकेण्डमा तय गर्नुभयो । नेपालबाट पदक विजेता तीन खेलाडीसहित सात खेलाडी सहभागी हुनुहुन्थ्यो ।
यता, मुम्बई म्याराथनमा नेपालका भेट्रान धावक धर्म महर्जनले स्वर्ण जित्नुभयो । निर्धारित ४२.१९५ किलोमिटर दूरी दुई घण्टा ४७ मिनेट आठ सेकेण्डमा पूरा गरी स्वर्ण जितेको धर्मले जनाउनुभएको छ । उहाँले पुरुष ५० वर्षमाथि उमेर समूहमा प्रतिस्पर्धा गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच