
काठमाडौं । सुरभि साहित्य प्रतिष्ठानका संरक्षक वरिष्ठ साहित्यकार एवं वरिष्ठ पत्रकार विजय चालिसेले सुरभि साहित्य प्रतिष्ठानमा सुरभि विजय चालिसे वाङ्मय पुरस्कारका लागि सात लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।
माघ १३ गते बसेको प्रतिष्ठानको कार्य समिति बैठकले उक्त अक्षयकोषको रकम स्वीकार गरी चालिसेको यस महान उदारताका लागि सराहना गर्दै कृज्ञता प्रकट गरेको छ ।
उक्त अक्षयकोषबाट प्राप्त हुने ब्याज आम्दानीबाट नेपाली वाङ्मयमा योगदान पु¥याउने एक जनालाई प्रत्येक वर्ष ५१ हजार राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जानकारी प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच