बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक जारी

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धन दलको बैठक जारी रहेको छ ।

गठबन्धन दलको बैठकमा भर्खरै सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनको समीक्षा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन दलको बैठक बोलाउनु भएको हो ।

सत्तारुढ गठबन्धन दलकै जनप्रतिनिधिहरुले मत नदिँदा कोशीमा सत्तारुढ गठबन्धन दलबाट साझा उम्मेवार रहनुभएको नेकपा (माओवादी केन्द्र)को चम्पा कार्की पराजित हुनुभएको थियो ।

कांग्रेसका जनप्रतिनिधिहरुले कार्कीलाई हराएको भन्दै माओवादी नेताहरुले गठबन्धन दलभित्र गम्भीर समीक्षा गर्नुपर्ने बताउँदै आएका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?